युक्रेनमा कुनै पूर्वशर्तबिना युद्धविराम गर्न इयू प्रमुखको आग्रह

ब्रसेल्स- युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युक्रेनमा युद्धविराम उल्लङ्घन गरे थप प्रतिबन्धको सामना गर्नुपर्ने चेतावनी दिएका छन् ।
“हामी ३० दिनको पूर्ण र निःशर्त युद्धविरामको प्रस्तावलाई समर्थन गर्दछौँ । अर्थपूर्ण शान्ति वार्ताका लागि मार्ग प्रशस्त गर्न पूर्व शर्तबिना नै यसलाई लागू गरिनुपर्छ,” उनले सामाजिक सञ्जाल एक्स (ट्वीटर) मा लेखेका छन् ।
फ्रान्स, जर्मनी, बेलायत र पोल्याण्डका नेताहरू युक्रेनप्रति ऐक्यबद्धता जनाउन र युद्धविरामका लागि मस्कोमाथि दबाब बढाउन किएभको भ्रमणमा रहेका बेला भोन डेर लेयेनले आफ्नो सन्देश पोस्ट गरेका हुन् ।
“अहिले बल रुसको कोर्टमा छ। “हामी रुसमाथि कडा दबाब कायम राख्न र युद्धविराम उल्लङ्घन भएमा थप कडा प्रतिबन्ध लगाउन तयार छौँ,” आयोगका अध्यक्षले भने ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामका लागि दबाब दिए पनि क्रेमलिनले युक्रेनमाथिको आक्रमण रोक्ने कुनै सङ्केत देखाएको छैन । मस्कोले यसअघि नै पश्चिमा मुलुकले किएभमा हतियार आपूर्ति नरोकेसम्म युद्धविराम हुन सक्दैन भनी चेतावनी दिएको थियो ।
भोन डेर लेयेनले समग्र उद्देश्य ‘युक्रेनका लागि न्यायोचित र स्थायी शान्ति’ निर्माण गर्नु रहेको र यो युरोपभरि सुरक्षा र स्थिरताका लागि महत्वपूर्ण हुने बताए । (एएफपी)

पाकिस्तान सरकारले बन्द गरिदियो इमरान खान निकट २७ युटयुब च्यानल

किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी

रूसमाथि नयाँ प्रतिबन्ध लगाउने तयारीमा अमेरिका

एकै दिनमा दुई हजारभन्दा बढी अफगानी शरणार्थी स्वदेश फिर्ता

अमेरिकाद्वारा नाइजेरियाली नागरिकको अस्थायी भिसामा कडाइ
चीनको पाँच वर्षे योजनामा हरित विकास प्राथमिकतामा, ऊर्जा खपतमा ११.६ प्रतिशत ग…

गाजामा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, बालबालिकासहित कैयौं घाइते

प्रतिक्रिया