आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

सवारी ज्यान मुद्दाका फरार पक्राउ

काठमाडौँ- सवारी ज्यान मुद्दाका फरार प्रतिवादी भक्तपुर चाँगुनारायण नगरपालिका-५ घर भएका ३८ वर्षीय सुदिप प्रसाद बनलाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत काठमाडौंको २०७६ चैत २ गतेको फैसलाले ६ महिना कैद र २ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर चाँगुनारायण नगरपालिका-५ छालिङबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरेको छ ।