कोभिडविरुद्धको भ्याक्सिन जतिसक्यो छिटो नागरिकलाई उपलब्ध गराउन प्रधानमन्त्रीलाई सुझाव
मन्त्रिपरिषद् विस्तार र विश्वासको मतबारे छलफल भयो, निर्णय भएन

काठमाडौँ : सत्तारुढ दलका शीर्ष नेताहरूको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई कोभिड-१९ विरुद्धको खोप तत्काल नागरिकलाई उपलब्ध गराउन सुझाव दिएका छन् ।
देउवा प्रधानमन्त्री भएपछि पहिलो पटक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सत्ता गठबन्धनको बैठकले बाढी, पहिरो र डुबान पीडितलाई तत्काल राहत र उद्धारको कार्यक्रम ल्याउन पनि सुझाव दिएका छन् ।
बैठकमा सहभागी नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सैद्धान्तिक र समीक्षात्मक बैठक रहेको बताए । ‘यो सरकार बनेपछि पहिलो पटक सत्ता गठबन्धनको बैठक बसेको हो । कोभिड-१९ विरुद्धको भ्याक्सिन जतिसक्यो छिटो उपलब्ध गराउन सरकारले गरेको निर्णय कार्यान्वयनमा तिव्रता दिन शीर्ष नेताहरूले सुझाव दिनुभयो,’ खड्काले इकागजसँग भने, ‘बाढी, पहिरो र डुबानमा परेकाहरूलाई राहत र उद्धारको कार्यक्रमलाई तिव्र गतिमा अगाडि बढाउन पनि सुझाव दिनुभयो ।’
नयाँ सरकार गठनका लागि भएका घटनाक्रमको समीक्षा भएको पनि खड्काले बताए । बैठकमा सरकारले विश्वासको मत लिने, आज बोलाइएको संसद् अधिवेशनमा कसरी अगाडि बढ्ने र मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको थियो । तर कुनै पनि विषयमा निर्णय भएन ।
‘मन्त्रिपरिषद् विस्तार, विश्वासको मत र संसद्लाई विजनेश दिने विषयमा सैद्धान्तिक छलफल भयो । कुनै निर्णय भएन,’ महामन्त्री खड्काले बताए । सत्ता गठबन्धनबीच कुन दलले कति मन्त्रालय लिने भन्नेमा अझै भागवण्डा भएको छैन । अहिले कांग्रेसबाट प्रधानमन्त्रीसहित दुई मन्त्री र माओवादीबाट दुई मन्त्री मन्त्रिपरिषद्मा सहभागी छन् ।
अहिलेको सत्ता गठबन्धनमा कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको अध्यक्ष उपेन्द्र यादव समूह र राष्ट्रीय जनमोर्चा छन् ।
आजको बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार भने सहभागी थिएनन् । प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टी(जसपा) उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अधयक्ष चित्रबहादुर केसी र नेपाली कांग्रेसका महामन्त्री खड्का बैठकमा सहभागी थिए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया