सरकारका प्रवक्ता र भारतीय राजदूतबीच भेटवार्ता

काठमाडौँ : सरकारका प्रवक्ता एवं कानून,न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र बहादुर कार्की र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबीच मन्त्रालयमा शिष्टाचार भेट भएको छ । सिंहदरबारमा बिहीबार भएको भेटमा राजदूत क्वात्राले नवनियुक्त मन्त्रीलाई बधाई तथा शुभकामना व्यक्त गरे ।
क्वात्राले नेपाल र भारत बिचको सम्बन्ध ऐतिहासिक रहेको स्मरण गर्दै आगामि दिनमासमेत दुई देशबीचको सहयोग, सहकार्य र सद्भावना थप गाढा हुने विश्वास व्यक्त गरे । मन्त्री कार्कीले नेपाल र भारत बिचको मित्रता ऐतिहासिक रहेको तथा दुई देशबीचको मित्रता सदैव सौहार्दपूर्ण रहने विश्वास व्यक्त गरे । साथै नेपालमा कोभिड–१९ को नियन्त्रणको लागी भारत सरकारले देखाएको चासो र सहयोगको लागी धन्यवाद व्यक्त गरे ।

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया