राजावादीप्रति गोकुल बास्कोटाको कटाक्षः तासका बुकका राजा–रानी खोजेर जिन्दगी गुजार्नुस्

काठमाडौँ- नेकपा (एमाले) का सांसद गोकुल बास्कोटाले राजा खोजेर समय बर्बाद नगर्न राजावादीहरुलाई सुझाव दिएका छन् ।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद बास्कोटाले राजावादीलाई यस्तो सुझाव दिएका हुन् ।
उनले राजसंस्थाको वकालत आएको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आन्दोलन गर्ने नभई आगामी निर्वाचनमा बहुमत ल्याउने कोशिस गर्न समेत सुझाव दिए । उनले कुनैपनि हालतमा समाज पछाडि नजाने भन्दै तासका बुकका राजा–रानी खोजेर अब जिन्दगी गुजार्नुस् भन्दै कटाक्ष गरे ।
उनले भने, ‘केही साथीहरु व्यवस्था परिवर्तन गर्ने भन्दै आन्दोलन गरिरहेका छन् । सरकारले संविधान नै संशोधन गर्ने भनिरहेको छ त किन आन्दोलन गर्नुपर्यो ? यहाँबाट तपाईंको दुई तिहाई पुग्दैन होला । अर्को चुनावमा कोशिस गर्नुस् । बहुमत ल्याउनुस् । तासका बुङका राजा–रानी खोजेर अब जीन्दगी गुजार्नुस् । बाँकी त कहाँबाट आउनु । राजा राजा भनेको छ अब त निद्रा पनि नपर्लाजस्तो भइसक्यो । आउदैन हजुर त्यो । यो पनि समयको बर्बादी हो के । लोकतन्त्रको विकल्प छैन, समाज पछाडि फर्किंदैन ।’
उनले सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको स्वागत गर्दै समग्र मुलुकको विकासमा टेवा पुग्नेगरी विकास गर्न जरुरी रहेको बताए ।

सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री राणा

पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीबारे के भन्छ परराष्ट्र मन्त्रालय ?

विद्युत् प्राधिकरणको डिडिए गराउँछौँः मन्त्री खड्का

नीति तथा कार्यक्रम माथिको छलफल कर्मकाण्डी : कार्यवाहक सभापति अर्याल

राजेन्द्र लिङ्देनको प्रस्ताव : प्रदेश संरचना खारेज गरी सबै अटाउने मौलिक व्यवस्थ…

नीति तथा कार्यक्रममाथिको छलफल, समयको बर्बादीः सांसद शर्मा
_Uu8QtcRUq5_c5daxua7u2lthwakquzw3byjzu0mmnnuolmwi1wxj5eobtgmwpookpmewejd_o3LbC8o4e7_erknrmng8qmryzys934jcwb2nqhmx3ausvu28q08sa91o4tl1jbirsunovs1.jpg)
तस्बिरमा राजावादीहरूको मोटरसाइकल र्याली

प्रतिक्रिया