सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

सत्ता गठबन्धनको बैठक सिंहदरबारमा जारी

मन्त्रालय बाँडफाँट र विश्‍वासको मतबारे छलफल

तस्बिर : प्रधानमन्त्री शेरबहादुर देउवाको फेसबुकबाट

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा सत्ता गठबन्धनको बैठक सिंहदरबारमा जारी छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा भइरहेको बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल भने सहभागी छैनन् । 

प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टी(जसपा) उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अधयक्ष चित्रबहादुर केसी र नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का सहभागी छन् । 

बैठकमा तीन साउनमा बोलाएको संघीय संसद् बैठकमा कसरी अगाडि बढ्ने भन्नेबारे छलफल भइरहेको स्रोतले बतायो । त्यो सँगै बैठकमा मन्त्रालय बाँडफाँट र विश्वासको मतबारे पनि छलफल भइरहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।