शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

काठमाडौँ- प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजेदेखि सुरू हुनेछ ।

आजको बैठकमा केपी ओली नेतृत्वको सरकार ल्याएको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । 

गत बैशाख २२ गतेदेखि निरन्तर सरकारको नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको छ। गत बैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकवाट नीति तथा कार्यक्रम सार्बजनिक गरेको पर्सी पल्ट देखी निरन्तर छलफल चलिरहेको हो ।

साथै, प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयवाट प्राप्त पत्रको ब्यहोरासमेत जानकारी गराइनेछ ।