विश्वविद्यालयबाट ७० भन्दा बढी प्रदर्शनकारी पक्राउ

न्यूयोर्क- कोलम्बिया विश्वविद्यालयमा बुधबार प्यालेस्टिनी समर्थकद्वारा विरोध प्रदर्शन गरी पुस्तकालय कब्जा गरेपछि लगभग ७५ जनालाई पक्राउ गरिएको न्युयोर्क प्रहरीले जनाएको छ ।
प्रदर्शनकारीहरू र विश्वविद्यालयका सुरक्षा अधिकारीबीच झडप हुँदा दुई सुरक्षा अधिकारीहरू घाइते भएका थिए । सावधानी अपनाउनको लागि ‘फायर अलार्म’ बजाइएको थियो ।
न्यूयोर्क प्रहरीले साँझ ६ बजेतिर कोलम्बिया विश्वविद्यालयमा प्रवेश गरी पक्राउ गरेको जनाएको छ ।
सन २०२४ अप्रिलमा भएको प्रदर्शनपछि कोलम्बिया विश्वविद्यालयमा भएको सबैभन्दा महत्त्वपूर्ण विरोध प्रदर्शन हो ।
यस हप्ताको सुरुमा कोलम्बिया विश्वविद्यालयका कर्मचारीहरूले अमेरिकी सुरक्षा विभागले तीन अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई थुनामा राखेको विरोधमा निगरानी गर्दै बन्दीहरूलाई रिहा नगरेसम्म निगरानी जारी राख्ने प्रतिवद्धता गरेका थिए ।
शैक्षिक गतिविधिहरूमा अवरोध नसहने उल्लेख गर्दै विश्वविद्यालयका कार्यवाहक अध्यक्ष क्लेयर शिपम्यानले एक विज्ञप्ति जारी गर्नुभएको छ ।
न्यूयोर्क शहरका अधिकारीहरूले तथा न्यूयोर्क शहरका मेयर एरिक एडम्सले प्रदर्शन प्रति आपत्ति जनाउदै प्रदर्शनकारीलाई कानुनी दायरामा ल्याइने बताउनुभएको थियो ।
सामाजिक सञ्जाल मार्फत एडम्सले कुनै पनि हिंसा सहन नसकिने बताउँदै प्रदर्शनकारीहरूलाई तुरुन्तै क्याम्पसबाट बाहिर निस्कन आह्वान गर्नुभएको छ । उहाँले निर्देशन उपर अटेर गरिएमा उनीहरूलाई पक्राउ गरिने जनाउनुभएको छ ।
समय समयमा विरोध प्रदर्शन भई रहने यो विश्वविद्यालयमा अप्रिल २०२४ मा विश्वविद्यालयमा भएको ठूलो विरोधका कारण १०० भन्दा बढी विदार्थी पक्राउ परेका थिए ।
मार्चमा ट्रम्प प्रशासनले विश्वविद्यालयमा यहूदी विरोधी गतिबिधि रोक्न असफल भएको उल्लेख गर्दै कोलम्बिया विश्वविद्यालयबाट ४० लाख अमेरिकी डलरको संघीय कोष पनि फिर्ता लिएको थियो । (सिन्ह्वा)

भारतमा हवाइ उडानमा रोक, शनिबारसम्म २९ विमानस्थल बन्द

इजरायली सेनाले विद्यार्थी निकालेर बन्द गरिदियो प्यालेस्टाइनका तीन विद्यालय

'गाजामा सहायता रोकिनु अन्तर्राष्ट्रिय मानवीय कानुनविपरीत'

उत्तर कोरियाले पूर्वी जलक्षेत्रमा केही क्षेप्यास्त्र प्रक्षेपण गर्यो : दक्षिण कोरिया

एउटा यस्तो देश : जहाँ मान्छेभन्दा बढी छन् भेडा

चीनमा १४५ प्रतिशत भन्सार महसुल अहिलेलाई कायमै रहनेछ : ट्रम्प

इरानलाई हमासको अवस्थामा पुर्याउने इजरायलको चेतावनी

प्रतिक्रिया