लेबनानको नबातियामा इजरायली हवाई आक्रमणः एक जनाको मृत्यु, आठ घाइते

बेइरुत- लेबनानको दक्षिणी शहर नबातियामा बिहीबार इजरायली हवाई आक्रमणमा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । यो जानकारी लेबनानको जनस्वास्थ्य मन्त्रालय अन्तर्गतको आपतकालीन सञ्चालन केन्द्रले दिएको हो ।
राष्ट्रिय समाचार एजेन्सी (एनएनए) का अनुसार, आक्रमणपछि नबातिया र वरपरका क्षेत्रमा त्रासपूर्ण वातावरण फैलिएको छ । आक्रमण कफर टेबनित गाउँ, माथिल्लो नबातिया र कफर रेमेन शहरबीचको उच्चभूमि र वनक्षेत्र लक्षित गरी गरिएको थियो ।
अली अल–ताहेर वन क्षेत्रमा बमबारीपछि लागेको आगो निभाउन नागरिक सुरक्षा टोली सक्रिय भए पनि, जटिल भौगोलिक अवस्था र विस्फोटक पदार्थहरूका कारण राहत कार्य प्रभावित भएको छ ।
इजरायली सेनाले बुफोर्ट रिज क्षेत्रमा रहेको हिजबुल्लाहद्वारा प्रयोग हुँदै आएको एक सैन्य संरचना ध्वस्त पारिएको दाबी गरेको छ । सेनाका अनुसार, उक्त संरचनाबाट हिजबुल्लाहले आक्रमण र सुरक्षा योजना सञ्चालन गर्दै आएको थियो ।
यसैबीच, लेबनानी प्रधानमन्त्री नवाफ सलामले पूर्वी लेबनानको बाअलबेकमा सीमावर्ती सुरक्षाको निरीक्षण गरे । “इजरायलले लेबनानी भूभागबाट फिर्ता हुनु र आक्रामक गतिविधि तुरुन्त रोक्नु पर्छ,”उनले भने ।
यद्यपि सन् २०२४ नोभेम्बर २७ मा हिजबुल्लाह र इजरायलबीच युद्धविराम भएको भए पनि इजरायली सेनाले हिजबुल्लाहका निरन्तर खतराको जवाफस्वरूप दक्षिणी लेबनानमा बेलाबेला आक्रमण गरिरहेको बताउँदै आएको छ ।
यो पछिल्लो आक्रमणले सीमावर्ती क्षेत्रमा शान्ति स्थापना गर्न थप चुनौती सिर्जना गरेको छ । (सिन्ह्वा)

भारतमा हवाइ उडानमा रोक, शनिबारसम्म २९ विमानस्थल बन्द

इजरायली सेनाले विद्यार्थी निकालेर बन्द गरिदियो प्यालेस्टाइनका तीन विद्यालय

'गाजामा सहायता रोकिनु अन्तर्राष्ट्रिय मानवीय कानुनविपरीत'

उत्तर कोरियाले पूर्वी जलक्षेत्रमा केही क्षेप्यास्त्र प्रक्षेपण गर्यो : दक्षिण कोरिया

एउटा यस्तो देश : जहाँ मान्छेभन्दा बढी छन् भेडा

चीनमा १४५ प्रतिशत भन्सार महसुल अहिलेलाई कायमै रहनेछ : ट्रम्प

इरानलाई हमासको अवस्थामा पुर्याउने इजरायलको चेतावनी

प्रतिक्रिया