बिहीबार २५ बैशाख, २०८२
Thursday, May 08, 2025

रेशम चौधरीलाई नियत राखेर पक्राउ गरिएको होइन, कर्मचारीले बदमासी गरेका हुन्ः गृह मन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई नियत राखेर पक्राउ नगरिएको बताएका छन । चौधरी पक्राउ प्रकरणमा प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदैँ गृहमन्त्री लेखकले यसमा कुनै पुर्वाग्रह नभएको पनि जनाएका छन् ।

‘भविष्यमा यस्ता घटना नदोहोरिनको लागि सबैलाई सचेत र सजग बनाएको छ। यस घटनाले रेशम चौधरीलाई भएको पीडाप्रति दुख व्यक्त गर्न चाहन्छु,’ उनले भने ।

उनका अनुसार  सर्वोच्च अदालतको शाखा अधिकृत महिमानसिंह बिष्टले अनधिकृत पत्र तयार पारेको कारणले चौधरीलाई पक्राउ गरिएको उल्लेख गर्दै सो कार्य गैरकानुनी भएको खुले पछि पुनः छाडिएको बताए । चौधरीलाई पक्राउ पुर्जी जारी गर्ने बिष्टलाई पक्राउ गरेर अनुसन्धान सुरू गरिएको तथ्यले पनि पुर्वाग्रह नभएको उनको प्रस्टोक्ती रहेको छ ।