'युथ फोर्सको दादागिरी र साइबर स्यालको गतिविधिविरुद्ध अखिल फोर्स'
नेपाल समूहका अनेरास्ववियू अध्यक्ष भन्छन्

काठमाडौँ : नेकपा एमालेका नेता माधव नेपाल पक्ष निकट विद्यार्थी संगठन अनेरास्ववियूले अखिल फोर्स गठन गरेको छ । अध्यक्ष ओली पक्षले युथ फोर्स पुनर्गठन गरेपछि त्यसलाई काउन्टर दिन बिहीबार नेपाल निकट अनेरास्ववीयूले अखिल फोर्स गठन गरेको हो । अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले तपेन्द्रजंग शाहीको नेतृत्वमा पाँच सय सदस्यीय अखिल फोर्स गठन गरिएको जानकारी दिए ।
'विश्वविद्यालयमा विकृति र विसंगति देखिएका छन् । ओलीले नियुक्ति गरेका पदाधिकारीले विश्वविद्यालय धरासायी बनाए,' उनले भने, 'शिक्षाको व्यापार गर्ने थलो बनाए । त्यसको निगरानी गर्न अखिल फोर्स बनाइएको हो । त्यसविरुद्ध संघर्ष र सशक्त आन्दोलन गर्ने काम गर्छ अखिल फोर्सले ।'
त्यस्तै पार्टीभित्र देखिएको युथफोर्सको दादागिरी र साइबर स्यालको गलत गतिविधिविरुद्ध पनि अखिल फोर्सले सशक्त प्रतिकार गर्ने उनले बताए । 'पार्टीभित्र युथफोर्सको दादागिरी, नेताहरूप्रति विभिन्न आरोप लाउने साइबर स्यालको नाममा जुन गतिविधि गरिरहेका छन् । त्यसविरुद्ध शसक्त प्रतिकार गर्न गठन गरेका हौं। उनीहरूले गरेका गलत क्रियाकलाविरुद्ध अखिल फोर्स लाग्छ । अखिल फोर्स देशभरका क्याम्पस तथा जिल्लाहरूमा गठन गरिने उनले बताए । ओली पक्षको युवा संघले सोमबारमात्रै युथ फोर्सको पुनर्गठन गरेको थियो ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया