बिहीबार २५ बैशाख, २०८२
Thursday, May 08, 2025

संसदमा उठ्‌यो भारत-पाकिस्तानको बिषय, सरकारको धारणा माग

काठमाडौँ- प्रतिनिधिसभाको जारी बैठकमा भारत-पाकिस्तान युद्धको बिषय उठान भएको छ।

नेपाली कांग्रसेसका सांसद रामहरि खतिवडाले भारतले अहिले आतंकवादविरुद्ध लडाइ लडिरहेको भन्दै आतंकवाद विरुद्धको लडाइमा नेपालले भारतलाई साथ दिनुपर्ने बताए ।

उनले भने, ‘आतंकवादविरुद्धको लडाइमा जुनसुकै देश लडेको भए पनि त्यसलाई नेपालले साथ दिनुपर्छ ।’

उता, नेकपा माओवादी केन्द्रका सांसद राजन दाहाललगायतले भारत-पाकिस्तान युद्धमा सरकारको धारणा माग गरेका हुन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सरकारले अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक नगरेकोप्रति असन्तुष्टिसमेत जनाएका छन्।

‘भारत र पाकिस्तानबीच उत्पन्न विवादको बारेमा नेपाल सरकारको आधिकारिक धारणा माग गर्दछु` उनले भने ।