प्राथमिकता निर्धारण गरी कुष्ठरोग नियन्त्रणमा लागौँः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले प्राथमिकता निर्धारण गरेर कुष्ठरोगको नियन्त्रणमा लाग्न जरुरी रहेको बताएका छन् ।
बिहीबार काठमाडौँमा कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्राथमिकतालाई प्रभावकारी ढंगबाट निर्धारण गरेर अघि बढ्न नसकेको स्वीकार गर्दै आगामी दिनमा प्रभावकारी बन्नुपर्ने जरुरी रहेको बताए ।
उनले कुष्ठरोग नियन्त्रणका लागि आवश्यक रणनीति अख्तियार गर्न नसकेको बताए । उनले परिस्थिति बुझेर त्यसअनुसारको योजना निर्माण गर्न नसकेको भन्दै कतिपय कुराहरु कानूनमा भएपनि कार्यान्वयन हुन नसकेको बताए । नेपालको योजनाको खाका नेपालले नै बनाउनुपर्ने र प्राथमिकताहरु तय गरेर अघि बढ्नुपर्ने बताए ।
मन्त्री पौडेलले भने, ‘हामीले प्राथमिकतालाई प्रभावकारी ढंगबाट निर्धारण गरेर अघि बढ्न सकेका छैनौँ । थुप्रै काम गरेका छौँ । तर यति धेरैको सहकार्य हुँदा यसको गति बढ्नुपर्ने हो । अलि परिणाममुखी हुनुपर्ने हो । त्यहाँ तालमेल मिलिरहेको छैन । आवश्यक रणनीति अख्तियार गर्न सकिएको छैन । परिस्थिति बुझेर त्यसअनुसारको योजना निर्माण गर्न सकिएको छैन । कतिपय कुरा कानूनमा छ, कार्यान्वयन हुन सकेको छैन । कानून पनि अपूर्ण भएको स्थिति छ । यो सबै पक्षलाई ख्याल गरेर हामी त्यस ढंगबाट अघि बढौँ । हाम्रो डोनर पार्टनरहरुलाई पनि हाम्रो प्राथमिकता यो हो । यसमा तपाईंहरुले सहयोग गर्नुपर्छ भनौँ । हाम्रो योजनाको खाका हामीले बनाउनुपर्छ । हाम्रो बाटो, प्राथमिकता हामीले नै तय गर्नुपर्छ ।’
मन्त्री पौडेलले २०३० मा कुष्ठरोग नेपालबाट सम्पूर्ण रुपमा सधैँका लागि उन्मुलन हुने अठोट सम्मेलनले गर्न जरुरी रहेको बताए ।

पर्यटन बोर्डका पूर्वसीईओ रेग्मी रास्वपा प्रवेश

देशभित्रका समस्या समाधान गर्न कांग्रेसले ध्यान दिनुपर्छः महामन्त्री थापा
रास्वपाको हस्ताक्षर अभियान एकसय दिन चल्ने

एमाले सचिवालय बैठक सुरू

'श्रम र उत्पादनमा वाइसिएल अभियान' पार्टीले अघि सारेको 'उत्पादन ब्रिगेड'को निर…

एमाले सचिवालय बैठक बस्दै, विधान मस्यौदामा प्रारम्भिक छलफल हुने

प्रकाशमान सिंहको पहलपछि बबरमहल र मिनभवनमा लिफ्टसहितको आकाशेपुल बन्दै

प्रतिक्रिया