बिहीबार २५ बैशाख, २०८२
Thursday, May 08, 2025

पिएसजी युइएफए च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौँ- पिएसजी युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।

गएराति भएको सेमिफाइनलको दोस्रो लिगमा आर्सनललाई २–१ गोल अन्तरले पराजित गर्दै समग्रमा ३–१ को नतिजासहित पिएसजी च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो ।

यसअघि पहिलो लिगमा पिएसजीले आर्सनललाई १–० ले पराजित गरेको थियो ।

पिएसजीको जितमा फाबियन रुइज र अश्चरफ हाकिमीले एक एक गोल गरेका थिए । त्यसैगरी आर्सनलका लागि बुकाया साकाले एक गोल फर्काएका थिए ।

अब पिएसजीले च्याम्पियन्स लिगको फाइनलमा इटालियन क्लब इन्टर मिलानको सामना गर्ने छ । च्याम्पियन्स लिगको फाइनल खेल आगामी जुन १ मा म्युनिखस्थित एलिनाज एरिना स्टेडियममा हुने छ ।