साउदी लिगमा अल नासर पराजित

रियाद- साउदी लिग अन्तर्गत अल नासर पराजित भएको छ ।
गएराति भएको खेलमा अल नासर अल इत्तिहादसँग ३–२ गोल अन्तले पराजित भएको हो ।
अल इत्तिहादको जितमा करिम बेन्जमा, एन्गोलो कान्टे र होसेम ओआरले एक एक गोल गरेका थिए । त्यसैगरी अल नासरका लागि साडियो माने र आय्मान याहयाले एक एक गोल फर्काउन सफल भएका थिए ।
यस खेलमा ९० मिनेटपछिको इन्जुरी समयमा अल इत्तिहादका मोउसा डियाबीले रातो कार्ड पाएका थिए । खेलमा २–० ले पछि परेको इत्तिहादले कमब्याक गर्दै शानदार जित हासिल गरेको हो ।
यो जितपछि अल इत्तिहाद लिगमा ३० खेलमा ७१ अंकसहित शीर्ष स्थानमा रहेको छ भने त्यस्तै अल नासरको भने ३० खेलबाट ६० अंकसहित चौथो स्थानमा रहेको छ ।

पिएसजी युइएफए च्याम्पियन्स लिगको फाइनलमा

चिनियाँ प्रशिक्षक नेपालमा

आज साँझ एलओडीले रोबर्टो कार्लोसलाई सँगै राखेर फुटबल देखाउँदै

जुनियर टेनिसमा दर्शिल र सारालाई दोहोरो उपाधि

फुटबलर रोबर्टो कार्लोस एलओडीमा आउँदै

६ वर्षपछि नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक

गणेश थापामाथिको १० वर्षे प्रतिबन्ध फुकुवा, भन्छन्- अब फेरि फुटबलको विकासमा ला…

प्रतिक्रिया