रेड २ बन्यो यो वर्ष सबैभन्दा धेरै कमाउने चौथों बलिउड फिल्म

मुम्बई- अजय देवगन र रितेश देशमुख अभिनित फिल्म ‘रेड २’ गत मे १ बाट थिएटरमा रिलिज भएको थियो। फिल्मले पहिलो दिनमा दुई दक्षिण भारतीय फिल्म रेट्रो र हिट ३ र बलिउड फिल्म भूतनीसँग टक्कर गर्नु परेको थियो ।
तर, ‘रेड २’ ले बक्स अफिसमा दमदार सुरुवात गरेको थियो र त्यसपछि यी सबै फिल्मलाई पछाडि छोडेर रिलिज भएको ६ दिनमै बजेटभन्दा कयौं गुणा बढी व्यापार गरेको थियो । यो फिल्मले भारतमा मात्रै नभई विश्वभर निकै चर्चा मच्चाएको छ । ‘रेड २’ ले रिलिज भएको ७ दिनसम्म विश्वभर कति कलेक्शन गरेको छ, यहाँ जानौँ ।
‘रेड २’ ले विश्वव्यापी बक्स अफिसमा धुम मच्चाइरहेको छ र उत्कृष्ट प्रदर्शन गरिरहेको छ । साताका दिनमा चलचित्रको कमाईमा कमी आएको भए पनि नयाँ चलचित्र बाहेक सबै चलचित्रले जाट र केशरी २ भन्दा राम्रो कमाई गरिरहेको छ । फिल्मको विश्वव्यापी कलेक्सनको कुरा गर्दा ‘रेड २’ ले विश्वभरबाट १०० करोडको आंकडा पार गरिसकेको छ।
उसले छैटौं दिनमा नै १०८.६५ करोड कमाएर यो आँकडा पार गरेको हो । योसँगै फिल्मले रिलिज भएको एक साताअघि नै सय करोडको आँकडा पार गरेको छ ।
सैकनिल्कको एक रिपोर्ट अनुसार रेड २ ले मंगलबार मात्रै ६.७५ करोड रुपैयाँ कमाएको छ र यसको कुल नेट इन्डिया कलेक्सन ८५.५० करोड रुपैयाँ पुगेको छ। योसँगै यसले केशरी २ (८१.७९ करोड) को रेकर्ड तोडेको छ भने जाट (८७.६१ करोड) को सङ्कलनलाई पछाडि छाडेसकेको छ ।
बुधबार फिल्मले जाटलाई पराजित गर्दै वर्षको चौथो सर्वाधिक कमाउने फिल्म बनेको छ । यससँगै यसको अर्को लक्ष्य सिकिन्दर र स्काई फोर्स हुनेछ ।

‘ऊनको स्वीटर’को भव्य प्रिमियर सम्पन्न, निर्देशक भन्छन्, 'आत्मिक प्रतिक्रियालाई शब्दम…

‘नेपाली चलचित्र स्तरिय बन्न थालेका छन्’

गायक अरजित सिंहले आफ्नाे होटल खुवाउँछन ३० रूपैयामा नै खाना

श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

लेडी गागा कन्सर्टमा २० लाख बढी सहभागी, ७५ मिलियनकाे काराेबार

‘ऊनको स्वीटर’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की

टिमलाई सम्मान र सांस्कृतिक कार्यक्रमसहित 'अञ्जिला'ले साट्यो सफलता, बायोपिकमा क…

प्रतिक्रिया