फेकन उपाध्यक्षमा खरेलको उम्मेदवारी, पेशागत हितका लागि दर्जनौं योजना सार्वजनिक
काठमाडौँ- स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को केन्द्रीय उपाध्यक्षमा रोशन खरेलले उम्मेद्वारी घोषणा गरेका छन् ।सार्वजनकि अपिल जारी गर्दै उनले फेकनको आसन्न महाधिवेशनमा उपाध्यक्षकालागि उम्मेद्वारी दिने जनाएका हुन् । फेकनको उपलब्धिलाई विश्वस्तरमा लैजाने प्रतिबद्धतासहित उम्मेद्वारी घोषणा गरेका उनले भावी योजना समेत सार्वजनिक गरेका छन् ।
सन् २०१३ देखि फेकनमा सक्रिय सदस्य रहदै आएका खरेल फेकनका कार्यकारी सदस्य पनि हुन् । लामो समयदेखि शैक्षिक परामर्शको पेशामा रहेका खरेल अष्ट्रेलियाका कलेजसँग निकट रहेर विद्यार्थीहरुको उच्च शिक्षाका लागि सहजीकरण गरिरहेका छन् ।
खरेलले फेकनको संस्थागत सुधार र संस्थाको पारदर्शितालाई अझ बलियो बनाउँदै सदस्यको व्यवसायिक हितका लागि काम गर्ने योजना बनाएका छन् । कार्यकारी सदस्यमा रहदा पनि आफुले सदस्यहरुका आवाजलाई कार्यसमितिमा लैजान महत्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गरेका छन् ।
खरेलले आफु उपाध्यक्षमा निर्वाचित भए सदस्यहरुको सशक्तिकरण, सदस्यको वृत्तिविकासका लागि निशुल्क प्रशिक्षण र मेन्टरशिपका कार्यक्रम गर्ने जनाएका छन् । आफ्नो कार्ययोजनामा खरेलले युवा र महिला सदस्यलाई अवसर सिर्जना मार्फत पेशा व्यसायमा टिकाउन पहल गर्ने उल्लेख गरेका छन् ।
सिंगो संस्थालाई सबै सदस्यहरुका लागि आर्थिक स्वावलम्वनको संस्थामा रुपान्तरणमा जोड दिदै आएका खरेलले फेकनलाई नयाँ उचाईमा लैजान अनेक कार्ययोजना बनाइरहेको बताएका छन् ।
गेटवे ग्लोवल स्टडीका सञ्चालक खरेल व्यवसायीमाझ लोकप्रिय मानिन्छन् । शैक्षिक परामर्शको क्षेत्रमा फेकन दोस्रो ठूलो संगठनका रुपमा परिचित छ ।

वि. पी. स्मृति अस्पतालको फोहर रोक्का गरेर जरिवानाको पत्र : हानीकारक फोहर व्यव…

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

जगद्गुरु शंकराचार्य श्री विदुशेखर भारती महास्वामीजीको नेपाल आउँदै

माइतीघरमा लघुवित्त पीडितहरूको प्रदर्शन

तीनकुनेमा तीन वटा सवारीसाधन जुध्यो : एक जनाको मृत्यु, तीन घाइते

नियमित जेरी खाए पाँच रोगबाट पाउन सकिनेछ मुक्ति

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया