शनिबार २४ साउन, २०८२
Saturday, August 09, 2025

सरकारको नीति तथा कार्यक्रम निराशाजनक, कर्मकाण्डी र औचित्यहीनः सांसद यादव

काठमाडौँ- नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निराशाजनक र कर्मकाण्डी भएको बताएका छन् ।

बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । उनले नीति तथा कार्यक्रममा अलमल रहेको र यसको औचित्य नभएको समेत बताए ।

उनले विगतको सरकारले नीति तथा कार्यक्रममाथि छलफल गराउँदा नेपाली जनताको भावनालाई बुझेर गराउने गरे पनि वर्तमान सरकारले त्यसो गर्न नसकेको आरोप लगाए । उनले अहिलेको सरकारले ल्याएको नीति विभेदकारी भएको समेत टिप्पणी गरे ।

उनले विभिन्न आधारहरू तय गर्न नसक्दा समाजवादको यात्रालाई कसरी अगाडी बढाउन सकिन्छ ? भन्दै प्रश्न गरे । अध्यक्ष यादवले वर्तमान सरकार अप्राकृतिक र बिचौलियाको आधारमा बनेको आरोप दोहोर्‍याए ।  

उनले भने, “यो नीति तथा कार्यक्रम निराशाजनक छ । यो अलमलमा छ ।  यो कर्मकाण्डी हो । यसको औचित्य छैन । विगतको सरकारले छलफल गराउँदा सम्पूर्ण नेपाली जनताको भावनालाई संघीय लोकतान्त्रिक गणतन्त्रको विधि र प्रक्रियाबाट गर्ने गरेको थियो । यो पालि सरकारले त्यसो गर्न सकेन । यो नीति विभेदकारी हो । विगतको सरकारले मानव सूचकाङ्कको आधारमा नीति तथा कार्यक्रम बनाउने र बजेटलाई विनियोजन गर्ने गरिएका थियो, यसपालि यो नीतिले सम्बोधन गरेको देखिँदैन । यी आधारहरू तय गर्न सकिएन भने समाजवादको यात्रालाई कसरी अगाडी बढाउन सकिन्छ ? मलाई लाग्छ, यो सरकार अप्राकृतिक छ । त्यति खेर दुई दलको सरकार बन्दा खेरी संविधानको धारा ७६ (२) अनुसार बनेको थियो, दुई दलको सरकार असफल भइसकेपछि दफा ३ को हिसाबले सरकार बन्नुपर्ने नेपाली कांग्रेसको अवस्था थियो । यो विचौलियाहरूको आधारमा सरकार बनेको हो ।”   
उनले सरकारले ल्याएको नीति तथा कार्यक्रमले नागरिकमा उत्साह थप्न नसकेको टिप्पणी समेत गरे ।

सभापति देउवाद्वारा जनैपूर्णिमा र गाईजात्रा पर्वको शुभकामना व्यक्त

सभापति देउवाद्वारा जनैपूर्णिमा र गाईजात्रा पर्वको शुभकामना व्यक्त

नेपाली पर्वहरूले समानताको सन्देश प्रवाह गर्दै आएका छन् : उपराष्ट्रपति यादव

नेपाली पर्वहरूले समानताको सन्देश प्रवाह गर्दै आएका छन् : उपराष्ट्रपति यादव

प्रधानमन्त्री ओलीद्वारा जनैपूर्णिमा, ऋषि तर्पणी र रक्षाबन्धनको शुभकामना

प्रधानमन्त्री ओलीद्वारा जनैपूर्णिमा, ऋषि तर्पणी र रक्षाबन्धनको शुभकामना

सिंचाई सम्झौता अनुसार भारत सरकारसँग पानी माग्न नसक्नु ओली सरकारको लाचरीपना: प्रभु साह

सिंचाई सम्झौता अनुसार भारत सरकारसँग पानी माग्न नसक्नु ओली सरकारको लाचरीपना:…

पार्टी एकीकरणवारे छलफल गर्न घनश्याम पुगे नारायणकाजी निवास

पार्टी एकीकरणवारे छलफल गर्न घनश्याम पुगे नारायणकाजी निवास

राजसंस्था र हिन्दु राष्ट्रलाई बिदेशीको ईशारामा एम्बुसमा पारियो: कमल थापा

राजसंस्था र हिन्दु राष्ट्रलाई बिदेशीको ईशारामा एम्बुसमा पारियो: कमल थापा

ओलीको नेतृत्वलाई समर्थन गर्नु, राष्ट्रको आवश्यकता : एमाले सचिव लेखराज भट्ट

ओलीको नेतृत्वलाई समर्थन गर्नु, राष्ट्रको आवश्यकता : एमाले सचिव लेखराज भट्ट

भारतको उत्तराखण्डमा बेपत्ता भएका नेपालीको खोजी कार्य जारी छः प्रधानमन्त्री ओली

भारतको उत्तराखण्डमा बेपत्ता भएका नेपालीको खोजी कार्य जारी छः प्रधानमन्त्री ओली