मुग्लिनमा मापसे गरेका चालकले बस एकआपसमा ठोक्काए, प्रहरीले लियो नियन्त्रणमा

काठमाडौँ- मुग्लिन-नारायणगढ सडकमा बस एकआपसमा ठोक्किएको छ ।
मंगलबार साँझ बा ५ प २९९९ नम्बरको बस र बागमती प्रदेश ०३-००१ ख ३४५४ नम्बरको बस एकआपसमा ठोक्किएको हो ।
बा ५ प २९९९ नम्बरको बसका चालकले मादक पदार्थ सेवन गरेर बस चलाएको आरोप लागेको छ । उक्त बसका चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त बसमा यात्रु भने थिएनन् तर बागमती प्रदेश ०३-००१ ख ३४५४ नम्बरको बसमा भने यात्रु रहेका थिए ।
कुनै मानविय क्षति नभए पनि बसमा भने क्षति भएको मुग्लिन प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चालकको नाम भने खुलेको छैन् ।
नारायणघाटबाट आफैले बस चलाएर आएको दाबी गरेका छन् । चालकले बिहान पनि दमौलीबाट आफैले बस चलाएर आएको बताएका छन् । चालकले मादक पदार्थ सेवन गरेका कारण बस कहाँबाट आएको भन्ने यकिन भन्न नसकिने प्रहरीले जनाएको छ ।

कार्यक्रम ‘ऐना’को दोस्रो संस्करण आजदेखि प्रसारण हुने

लामिछानेको पक्षमा हस्ताक्षर गर्ने ट्राफिक प्रहरी प्रधान कार्यालय तानिए

कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

एलिना चौहानलाई सामाजिक सञ्जालबाट दुर्व्यवहार गर्नेमाथि तीन दिन म्याद थप

करेन्ट लागेर एकजनाको मृत्यु

चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने

प्रतिक्रिया