सेनाद्वारा बृहत स्वास्थ्य शिविर सञ्चालन

जुम्ला- यहाँको कनकासुन्दरी गाउँपालिका–६ स्थित गोरुचौरमा नेपाली सेनाले सञ्चालन भएको एकदिने बृहत् स्वास्थ्य शिविरमा पाँच सय ५६ जनाले निःशुल्क स्वास्थ्य उपचार सेवा लिएका छन् ।
सेनाको २४ नम्बर गुल्म र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ‘जनरल फिजिसियन’, स्त्रीरोग, दन्तरोग विशेषज्ञ चिकित्सकसहितको मेडिकल टोलीद्वारा सोमबार सम्पन्न शिविरमा स्थानीयवासीको स्वास्थ्य जाँच गरिएको सेनाले जनाएको छ ।
यहाँको कनकासुन्दरी, सिञ्जा, हिमा, तातोपानी र तिला गाउँपालिका तथा मुगु जिल्लाको खत्याड गाउँपालिका स्थानीयवासीलाई लक्षित गरी शिविर सञ्चालन गरिएको थियो । शिविरमा महिला ३१९, पुरुष १८४ र बालबालिका ५३ जनाले सेवा लिएको देवीदत्त गण जुम्लाका गणपति प्रमुख सेनानी धिरज थापाले जानकारी दिनुभयो ।
कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष दामोदरप्रसाद आचार्यले पालिकामै पुगेर यहाँका स्थानीयवासीको स्वास्थ्यलाई ध्यानमा राखी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेकामा सेनालाई धन्यवाद दिनुभयो ।
नागरिक र सैनिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले स्वास्थ्य शिविर सञ्चालन गरिएको नेपाली सेनाले जनाएको छ । उपचार सेवा लिएका बिरामीलाई आवश्यक औषधिसमेत निःशुल्क उपलब्ध गराइएको छ ।

कार्यक्रम ‘ऐना’को दोस्रो संस्करण आजदेखि प्रसारण हुने

लामिछानेको पक्षमा हस्ताक्षर गर्ने ट्राफिक प्रहरी प्रधान कार्यालय तानिए

कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

एलिना चौहानलाई सामाजिक सञ्जालबाट दुर्व्यवहार गर्नेमाथि तीन दिन म्याद थप

करेन्ट लागेर एकजनाको मृत्यु

चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने

प्रतिक्रिया