'कम्बोडियामा क्यान्सरबाट हरेक दिन ३८ जनाको मृत्यु'

फ्नोम पेन्ह- कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले देशमा हरेक वर्ष करिब बीस हजार नयाँ क्यान्सरका बिरामी देखिने र तीमध्ये करिब १४ हजार जनाको दुःखद निधन हुने गरेको जानकारी दिएका छन् ।
उनले भने, “हाम्रो १.७ करोड जनसंख्याको सन्दर्भमा यो सङ्ख्या निकै चिन्ताजनक छ ।” प्रधानमन्त्रीले यो कुरा राष्ट्रिय क्यान्सर नियन्त्रण योजना सन् २०२५–२०३० सार्वजनिक गर्ने कार्यक्रममा सम्बोधन गर्दै बताए ।
उक्त योजना क्यान्सरका नयाँ घटनाहरू र मृत्युदर घटाउने उद्देश्यले तयार गरिएको हो । यसले रोकथाम, प्रारम्भिक जाँच, समयमै उपचार तथा समुचित हेरचाहमा जनताको पहुँच विस्तार गर्ने लक्ष्य लिएको छ ।
प्रधानमन्त्रीले नागरिकहरूलाई स्वस्थ जीवनशैली अपनाउन आग्रह गरे ।
साथै, उहाँले सम्बन्धित निकायहरूलाई खाद्य वस्तु, फलफूल र तरकारीको गुणस्तर तथा सुरक्षाको नियमित रूपमा अनुगमन गर्न निर्देशन दिए ।
स्वास्थ्यमन्त्री छेआङ राले क्याम्बोडियामा सबैभन्दा धेरै कलेजोको क्यान्सर देखिने बताए । त्यसपछि फोक्सो, स्तन, ठूलो आन्द्रा र पाठेघरको मुखको क्यान्सर पनि धेरै पाइन्छ ।
उनका अनुसार, “देशमा हरेक दिन करिब ३८ जनाको ज्यान क्यान्सरका कारण गइरहेको छ ।”
राजधानी फ्नोम पेन्हको दक्षिणपश्चिम क्षेत्रस्थित लुओङ मे अस्पताल क्यान्सरको उपचार तथा हेरचाहका लागि देशकै सबैभन्दा ठूलो केन्द्र हो । (सिन्ह्वा)

एक महिनामा दुई लाख ५० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

गाजामा भएको इजरायली हमलामा १९ जनाको मृत्यु

विदेशमा निर्माण हुने सबै चलचित्रमाथि सतप्रतिशत कर लगाउन ट्रम्पको आदेश

नुनकाे ढिकाेका कारण पाकिस्तानसँग झुक्नु पर्ने हुन्छ भारतले

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

प्रतिक्रिया