अवैध लागूऔषधसहित १० जना पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले अवैध लागूऔषध सहित विभिन्न ठाउँबाट १० जनालाई पक्राउ गरेको छ ।
बर्दिया, बाँसगढी नगरपालिका-१ चेपाङस्थित सडकबाट अवैध लागूऔषध अफिम जस्तो देखिने बस्तु २१ किलो ५ सय ६३ ग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जाजरकोट नलगाड नगरपालिका-७ बस्ने ३७ वर्षीय भक्त बहादुर शाही र चितवन राप्ती नगरपालिका-११ आरपानी गाउँ बस्ने २७ वर्षीय कुमार तामाङ रहेका छन् । प्रहरी चौकी चेपाङबाट खटिएको प्रहरीले जाजरकोटबाट नेपालगंजतर्फ आउँदै गरेको लु.८० प १४६७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
मोरङ, उर्लाबारी नगरपालिका-७ स्कुलडाँडाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ६० ट्याब्लेट सहित सोही नगरपालिका-३ बस्ने भोजपुर पौवादुङमा गाउँपालिका-२ घर भएका २३ वर्षीय आशिष राईलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
धादिङ, थाक्रे गाउँपालिका-२ महादेववेशीबाट अवैध लागूऔषध चरेश करिब १८ किलो ४ सय ४८ ग्राम सहित मकवानपुर थाहा नगरपालिका- ८ बस्ने ८० वर्षीय सेते घलान समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महादेववेशीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त चरेश सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-२ त्रिनगरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ४० मिलिग्राम सहित सोही उपमहानगरपालिका-७ बस्ने ३० वर्षीय सुरेश चौधरी समेत ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र ०१-०१२ प ४२२५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ९ सय मिलिग्राम सहित सोलुखम्बु नेचा सल्यान गाउँपालिका-५ घर भएका ३० वर्षीय दिपक राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
रौतहट, चन्द्रपुर नगरपालिका-१० बडेर्वा टोलस्थित मेडिकल पसलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ हजार ५ सय २० ट्याब्लेट सहित मेडिकल संचालक सोही ठाउँ बस्न मौलापुर नगरपालिका-४ घर भएका २९ वर्षीय जितेन्द्र कुमार साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरीले मेडिकल तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यस बिषयमा प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको छ ।

पुनर्निर्माणका लागि साततले दरबार भत्काउन सुरु

सिन्धुलीमा रुखले किच्दा दुई जनाको मृत्यु, तीन घाइते
चक्रे मिलनसहित १९ जनालाई गुण्डागर्दीको अभियोगमा म्याद थप

नौ खानेपानी योजना सञ्चालनमा
बर्थडे मनाउने गएका गुन्डा नाइके चक्रे मिलनसहित ४७ जना समातिए

आज राष्ट्रिय कोदो दिवस मनाइँदै

नेपाल इकोसकको अध्यक्षमा निर्वाचित

प्रतिक्रिया