ब्राउन सुगर समाउन झापामा प्रहरीले गोली चलायो
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_kGXZ6ajNij_rgudjoumwxnoesu0chwtj4pazcqqocrstbxinc1r8ntxslaponaf6e9utjln_Sty7FbEnCN_nfldtzaj4hd5wqjxbxsh8uxaqr5edy2mvyh388llrqz7sudtj5uojnlq5v6h.jpg)
झापा- लागुऔषध कारोबारमाथि कारबाहीको सिलसिलामा झापामा प्रहरीले गोली चलाएको छ।
कनकाई नगरपालिका-५ तल्लो चाप्रामारीस्थित सुरुङ्गा-झापा सडकखण्डमा सोमबार बिहान प्रहरीले दुई राउन्ड गोली चलाएको हो।
बिआर३७९१९८ नम्बरको मोटरसाइकलमा सवार कारोबारीलाई पक्राउ गर्न गोली चलाइएको झापा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए।
गोली चलाएपछि मोटरसाइकल छोडेर कारोबारी भागेको खड्काले बताए। मोटरसाइकलबाट प्रहरीले २०० ग्राम ब्राउनसुगर बरामद गरेको छ।
‘मोटरसाइकल रोकेर चेकजाँच गर्न खोज्दा भागेपछि गोली चलाइएको हो, ती कारोबार अहिले फरार छन्,’ उनले भने, ‘लागुऔषध र मोटरसाइकल बाटोमै छोडेर भागेका छन्। उनको खोजी भइरहेको छ।’
कारोबारी भागेपछि थ्री नट थ्री राइफलबाट प्रहरीले दुई राउन्ड गोली चलाएको थियो।

तिम्ल्याहा शिशु जन्माएकी हीरालाई ५० हजार सहयोग

राजस्व र व्ययको वार्षिक अनुमान माथिको छलफल समाप्त

एसियाली राजमार्ग : काँकडभिट्टा-लौकही खण्डमा कालोपत्र थालियो

कृषकलाई अनुदानमा कृषि उपकरण वितरण

बराहक्षेत्रमा जङ्गली हात्ती मृत फेला

भोजपुरमा विद्युत् सेवा विस्तार

स्वच्छ पानी उपभोग गराउन ‘बायो स्याण्ड फिल्टर’ वितरण

प्रतिक्रिया