नेपाललाई स्टारलिंकसँग जोड्न सांसद बजगाईंको माग

नेपाली काँग्रेसका सांसद राजेन्द्र बजगाईंले नेपाललाई स्टारलिंकसँग जोड्न माग गर्नुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा डिजिटलमा फड्को मारेको स्टारलिंक, स्पेस एक्सका प्रतिनिधिसँग आफूले प्रधानमन्त्रीसँग कुराकानी गर्ने वातावरण बनाइसकेको बताउँदै उनीहरु नेपाल आउन चाहिरहेको र स्टारलिंकलाई नेपाल भित्राउन जरुरी रहेको बताउनुभएको हो ।
सांसद बजगाईंले भन्नुभयो–‘डिजिटलमा फड्को मारेको स्टारलिंकका लागि मैले धेरै ओकालत गरे । स्टारलिंकका प्रतिनिधि, अध्यक्षसँग कुराकानी गरेर २०२४ अक्टोबर १८ मा इलन मस्क र प्रधानमन्त्री केपी शर्मा ओलीसँग संवादको वातावरण बनाएँ । स्टारलिंकका बारेमा इलन मस्कसँग कुराकानी गरिसकेपछि हामीले उनीहरुको इच्छालाई अगिंकार गर्न सकेनौं ।'
बजगाईंले इलन मस्कसँग भएको संवाललाई किनारामा पठाउन नहुने बताउनु भयो । उनीहरुको इच्छा नेपालमा आउने भएकाले त्यसलाई सम्बोधन गर्न जरुरी रहेको उहाँको भनाई रहेको छ । —न्युज एजेन्सी नेपाल

प्रचण्ड भन्छन्- जादु चलाउन चाहे सक्छु तर सरकार बनाउने पक्षमा छैनौँ

विद्यालय शिक्षा विधेयकसम्बन्धी गठित उपसमितिको म्याद १० दिन थपियो

एनओसी नलिइ अध्ययनका लागि भारत जाने विद्यार्थीको यकिन तथ्यांक छैन : शिक्षामन्त्र…

सरकारविरूद्ध संसद्मा प्रचण्डले खर्चिएका ३४२२ शब्द

सात बुँदे सहमति कार्यान्वयनमा सरकार चुक्यो : कोइराला

नीति तथा कार्यक्रमबारे प्रचण्डको प्रश्न : विदेशमा आँसु, रगत र पसिना बगाउने श्रम…

राज्यको लगानीमाथि जनताको निगरानी बढाउन सूचनाको हक अत्यावश्यक : राष्ट्रपति पौड…

प्रतिक्रिया