शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

जेठमा सबैभन्दा कम रेमिट्यान्स, हुण्डी बढेको आशंका

काठमाडौँ : कोभिड–१९ महामारीमा पनि तुलनात्मक रूपमा नघटेको रेमिट्यान्स यस आर्थिक वर्षको जेठ महिनामा निकै गिरावट आएको छ । गत वर्षको जेठ महिनाको तुलनामा यस वर्षको जेठमा ठूलो परिमाणमा रेमिट्यान्समा गिरावट देखिन्छ । मासिक रूपमा गत वर्षको जेठ महिनामा रेमिट्यान्स आप्रवाह ३५ प्रतिशतले घटेको छ । 

नेपालमा मासिक रेमिट्यान्स आप्रपवाह औसत ७९ अर्ब १७ अर्ब रुपैयाँ रहेकोमा जेठमामा भने मासिक औसत भन्दा निकै कम रेमिट्यान्स भित्रिएको छ । महामारीका कारण श्रम गन्तव्य मुलुकहरूमा लकडाउनले २०७६ को फागुन र चैतमा रेमिट्यान्स घटेपनि त्यसपछि क्रमशः बढीरहेको थियो । 

अप्रत्याशित रूपमा जेठ महिनामा रेमिट्यान्स घटेपछि ठूलो परिमाणमा हुण्डी भएको हुनसक्ने आशंका गरिएको छ । नेपाल राष्ट्र बैंकका अधिकारीहरूले भने वैदेशिक रोजगारमा जानेहरूको संख्यामा कमी आएकाले रेमिट्यान्स केही घटेको बताएका छन्, जसलाई दरिलो आधार मान्न सकिदैंन ।

रेमिट्यान्स आप्रवाह  (रुपैयाँमा) 

२०७७ वैशाख – ५३ अर्ब ९४ करोड 

जेठ– ९४ अर्ब २ करोड 

असार– १०० अर्ब १६ करोड 

साउन– ९२ अर्ब ७१ करोड 

भदौ – ७३ अर्ब १ करोड 

असोज – ९३ अर्ब १२ करोड 

कात्तिक – ७८ अर्ब ८६ करोड 

मंसीर – ७९ अर्ब ८ करोड 

पुस – ७८ अर्ब ५० करोड 

माघ– ७२ अर्ब ३९ करोड 

फागुन– ७४ अर्ब ४३ करोड 

चैत– ८६ अर्ब ८८ करोड 

२०७८ वैशाख– ८० अर्ब ८६ करोड 

जेठ– ६१ अर्ब ४ करोड 
(स्रोतः नेपाल राष्ट्र बैंक)