आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

मंगलवार मधेस प्रदेशमा सार्बजनिक बिदा

 मधेश प्रदेश सरकारले यही वैशाख २३ गते अर्थात मंगलबार सार्वजनिक बिदा दिएको छ । मधेस प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै मंगलबार प्रदेशभर सार्वजनिक बिदा दिने जनाएकाे हाे ।

मंगलबार जानकी नवमी -सीता जयन्तीकाे अवसरमा उक्त बिदा दिने निर्णय भएकाे मन्त्रालयले जनाएकाे छ। साथै, आगामी जेठ २८ गते कविर दास जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जारी सूचनामा उल्लेख छ ।