आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई आठौं मानार्थ विद्यावारिधि

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई मानार्थ विद्यावारिधि प्रदान गरिएको छ । भारतको नयाँ दिल्लीमा भएको एक विशेष समारोहमा डा. उपाध्यायलाई किर्गिस्तानको ओश विश्वविद्यालयले विद्यावारिधि प्रदान गरेको हो ।

  डा. उपाध्यालाई साहित्य (डी लिट)मा उक्त विश्व विद्यालयले मानार्थ विद्यावारिधी प्रदान गरेको हो ।  समाजशास्त्रमा सन् २००० मा विद्यावारिधि गरेका डा. उपाध्यायलाई यसअघि विभिन्न सात विश्वविद्यालयले मानार्थ विद्यावारिधी प्रदान गरेका छन् । यो उनको आठौं मानार्थ विद्यावारिधि हो ।  डा. उपाध्यायलाई अमेरिकालगायत अन्य विश्व विद्यालयले यसअघि सात वटा मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्रदान गरेका छन् ।

डा. उपाध्यायले गीत र साहित्यमा पुर्‍याएको योगदानको मूल्यांकन गर्दै उक्त विद्यावारिधिको प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । सो समारोहमा अन्य विशिष्ट व्यक्तित्वलाई पनि मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्रदान गरिएको थियो ।

डा. उपाध्यायले गीत संगीत र विविध विधामा १५३ विश्व कीर्तिमान कायम गरेका छन् । यस्तै, उनका एक दर्जन बढी उपन्यास, तीन गीतिपुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् । २५० को हाराहारीमा गीत सार्वजनिक गरेका उपाध्यायका सयौं गीतका भिडियो पनि सार्वजनिक छन् ।