रोग नियन्त्रणमा अमेरिकी वैज्ञानिकको आधुनिक पहल

लस एञ्जलस- अमेरिकाको स्वास्थ्य तथा मानव सेवा विभाग र राष्ट्रिय स्वास्थ्य संस्थानले बिहीबार 'जेनेरेसन गोल्ड स्ट्यान्डर्ड' नामक नयाँ खोप प्रणालीको सुरुवात गर्ने घोषणा गरेका छन्।
यो प्रणाली महामारी ल्याउने सम्भावित भाइरसहरूका विरुद्ध व्यापक सुरक्षा प्रदान गर्नको लागि बनाइएको हो। यो परम्परागत खोप प्रविधिको आधुनिक रूप हो, जसमा सम्पूर्ण भाइरसलाई निष्क्रिय पारेर खोप तयार गरिएको छ।
राष्ट्रिय स्वास्थ्य संस्थानका अनुसार, यो पहल पारदर्शिता, प्रभावकारिता र आपतकालीन तयारीमा महत्त्वपूर्ण परिवर्तन ल्याउने उद्देश्य राख्दछ। यसले नयाँ प्रकारका फ्लु र कोरोना भाइरसका खोपहरू विकास गर्नमा सहयोग पुर्याउनेछ।
यो प्रणालीले एच५एन१ (पन्छी फ्लु) जस्ता भाइरसहरू विरुद्ध सुरक्षा दिने लक्ष्य राखेको छ।
राष्ट्रिय स्वास्थ्य संस्थानका निर्देशक डा. जय भट्टाचार्यले भने, "जेनेरेसन गोल्ड स्ट्यान्डर्ड एउटा नयाँ सोच हो। यसले खोपको प्रभाव परम्परागत सीमाभन्दा बाहिर पुर्याउने योजना छ।" (सिन्ह्वा)

टेक्सासमा बाढी : मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो, उद्धार कार्य जारी

टेक्सासमा बाढी : १३ जनाको मृत्यु, उद्धार कार्य जारी

फ्रान्सका राष्ट्रपति म्याक्रोँले मङ्गलबार बेलायती संसदलाई सम्बोधन गर्ने

पाकिस्तानमा भवन भत्किँदा ६ जनाको मृत्यु, १० जना भग्नावशेषमा फसेको आशंका

ईरानको निर्णयले आणविक स्थायित्वमा असर, विश्व समुदाय गम्भीर

अफगान नागरिकहरूलाई फिर्ता पठाउने जर्मन योजनाप्रति संयुक्त राष्ट्रसंघको चिन्ता

इन्डोनेसियामा डुङ्गा डुब्दा ४ जनाको मृत्यु, ३८ बेपत्ता

प्रतिक्रिया