२२ महिनापछि शोधनान्तर घाटा

काठमाडौँ : झण्डै २२ महिनापछि मुलुकले पुनः शोधनान्तर घाटा व्यहोरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार, चालु आर्थिक वर्षको जेठ महिनामा शोधनान्तर स्थिति १५ अर्ब १५ करोड रुपैयाँले घाटामा रहेको छ । शोधनान्तर मुलुकमा भित्रने र मुलुकबाट बाहिरिने रकमको अन्तर हो । गत आर्थिक वर्षको सोही अवधि (साउन–जेठ) मा शोधनान्तर स्थिति १७९ अर्ब ३७ करोड रुपैयाँले बचतमा थियो ।
आर्थिक वर्ष २०७६÷७७ देखि शोधनान्तर बचतमा रहँदै आएको थियो । कोभिड–१९ महामारीका कारण आयात केही कमी भएपछि शोधनान्तर स्थिति बलियो रहँदै आएको थियो । रेमिट्यान्स आप्रवाह बढेपनि वैदेशिक सहयोग परिचालन, विदेशी लगानीमा कमी आएका कारण शोधनान्तर घाटा भएको छ ।
चालु खाता घाटा भने २९३ अर्ब ९७ करोड रुपैयाँ छ । गत आर्थिक वर्षको जेठमा चालु खाता घाटा ६२ अर्ब ५९ करोड रुपैयाँले घाटामा थियो । चालु खाता घाटाले यथार्थ समयमा मुलुकमा भित्रिएको र बाहिरिएको विदेशी मुद्राको हिसाब देखाउने हुँदा अर्थतन्त्र कति मजबुत छ भन्ने मापन गर्ने प्रबल सूचक मानिन्छ । यसको अर्थ साउनदेखि जेठसम्म नेपालमा भित्रिएको भन्दा बाहिरिएको रकम झण्डै २ खर्ब ९४ अर्ब रुपैयाँले बढेको छ ।
चालु खाता, पुँजी खाता र वित्तीय खाताले भने समग्र शोधनान्तरको स्थितिलाई प्रतिबिम्बित गर्छ । पुँजीखातामा भने वैदेशिक लगानी, विदेशी ऋण तथा अनुदान, वाणिज्य बैंकहरूले विदेशी मुद्रामा विदेशमा गरेको लगानी तथा नेपालका बैंक तथा वित्तीय संस्था र निजी क्षेत्रले विदेशबाट ल्याएको ऋणसमेत समावेश हुन्छ । पुँजी खाताको दायित्व दीर्घकालीन हुनेहुँदा शोधनान्तर स्थिति बचत भएपनि दीर्घकालको दायित्व समेत त्यसमा समावेश भएको हुन्छ ।
रेमिट्यान्स ८ खर्ब ७० अर्ब रुपैयाँ
चालु आर्थिक वर्षको ११ महिनामा ८ खर्ब ७० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो १२ प्रतिशतले बढी हो । अमेरिकी डलरका आधारमा पनि अघिल्लो वर्षको तुलनामा रेमिट्यान्स १० प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०७६–७७ मा कुल ८ खर्ब ७५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।
मासिक रेमिट्यान्स आप्रवाह तुलना गर्ने हो भने गत वर्षको जेठको तुलनामा यस वर्ष जेठमा रेमिट्यान्सको आप्रवाहमा निकै ठूलो गिरावट आएको छ । गत वर्ष जेठमा ९४ अर्ब २ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो भने यस वर्ष ६१ अर्ब ४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
चालु आर्थिक वर्षमा रेमिट्यान्स आप्रवाहको स्थिति (रुपैयाँमा)
साउन– ९२ अर्ब ७१ करोड
भदौ – ७३ अर्ब १ करोड
असोज – ९३ अर्ब १२ करोड
कात्तिक – ७८ अर्ब ८६ करोड
मंसीर – ७९ अर्ब ८ करोड
पुस – ७८ अर्ब ५० करोड
माघ– ७२ अर्ब ३९ करोड
फागुन– ७४ अर्ब ४३ करोड
चैत– ८६ अर्ब ८८ करोड
वैशाख– ८० अर्ब ८६ करोड
जेठ– ६१ अर्ब ४ करोड
(स्रोतः नेपाल राष्ट्र बैंक)

पेट्रोलियम पदार्थको मूल्य घट्यो, लिटरको कति पर्छ ?

सिडरगेट नेपालमा एमच्यामको मेम्बर लर्निङ सिरिज सम्पन्न

“महिला घरभित्र सीमित हुनु हुँदैन” ; माँ भाटभटेनी संस्थाद्वारा आयोजित तालिमल…

सुन तोलामा तीन हजार पाँच सयले घट्यो
_a6Z7zSqGwB_hmd3mh6t2ggihgo6fqy91tc0hkd8mxjswxhcfiekvvxpx3x07fprybau1y9a_tfUOAEDA6s_x0yfyqy3tkrogpkrlzp4ssyesuiv98cgzjqxrgw0ml2rgbdxq88qjphzfixl.jpg)
साढे २ अर्ब लगानीमा खुल्यो नेवारी आर्किटेक्चर र बिलासिताको मिश्रण 'आर्या होटल …

कति छ आज तरकारी र फलफूलको मूल्य ?

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया