खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पढाई सुरू

काठमाडौँ- शिक्षकको आन्दोलनका कारण बन्द भएका विद्यालय शुक्रबारदेखि नियमित रूपमा सञ्चालनमा आएका छन् । बुधबार सरकार र आन्दोलनरत शिक्षक महासङ्घबीच सहमति भएपछि लामो समयदेखि बन्द भएका विद्यालय क्रमशः खुलेका छन् ।
विद्यालय खुलेसँगै भर्ना अभियान पनि सुरू भएको छ । विश्व निकेतन मावि त्रिपुरेश्वरका प्रधानाध्यापक हेरम्बराज कँडेलका अनुसार शुक्रबारदेखि नियमित पठनपाठन सुरू भएको छ । उनले शनिबार र बिदाको दिन पनि नियमित रूपमा विद्यालय सञ्चालन गर्ने र अवरूद्ध भएको शैक्षिक कार्यक्रमलाई गति दिने जानकारी दिए ।
बिहीबार विश्व मजदुर दिवसको दिन पनि कक्षा ११ को पठनपाठन गरिएको उल्लेख गर्दै उनले शुक्रबारदेखि भने कक्षा १ देखि १० सम्म नियमित भएको बताउनुभयो । सो विद्यालयले प्रवेश परीक्षामार्फत छ सय जना नयाँ विद्यार्थी भर्ना गरेको छ । प्रवेश परीक्षामा दुई हजार ७०० विद्यार्थी सहभागी भएका थिए ।
“हामी विद्यार्थी र अभिभावकप्रति जिम्मेवार छौँ, संवेदनशील पनि छौँ । सार्वजनिक बिदाको दिनमा पनि कक्षा सञ्चालन गरेर शैक्षिक कार्यक्रम समयमै सम्पन्न गर्छौँ”, कँडेलले भने ।
त्यस्तै, कक्षा १२ को परीक्षा यही वैशाख २१ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको तयारीको काम चलिरहेको र शनिबारसम्म सबै काम सम्पन्न हुने जनाएको छ । शिक्षकको आन्दोलनका कारण यही वैशाख ११ गतेदेखि हुने भनिएको परीक्षा सरेको थियो ।
_7EmQO5w85t_fev7gn5o5kdw71yt4ykbdv9blhbr0dmpmxuhpcwdiirg58niu1rbb2vliq7l_xIKqVqGTAd_una0nkogy8gphbd5zqd2o3otn8fbjl7inssqfi3h45ef9mqcfynnkfqoq7ok.jpg)
गणित बोलौं ! केवल पाँच दिनमा, विद्यालयबाट गणित संग्रहालयसम्म

विद्यार्थीलाई ‘हाउस वायरिङ’ तालिम

धुलिखेलमा परामाणविक केन्द्र निर्माणको प्रक्रिया बढाइँदै, क्यान्सरको उपचारमा उपय…

शिक्षक, कर्मचारी र विद्यार्थी सङ्ख्या बराबर

चावहिलको स्टेरवे एजुकेशनल सर्भिसेजले निबन्ध प्रतियोगिता गर्दै

गर्मी बढेपछि बर्दिवासका विद्यालय तीन दिन बन्द

प्रभावकारी बन्दै सिक्दै कमाउँदै

प्रतिक्रिया