सरकारको नीति तथा कार्यक्रम अधिनायकवादी शैलीको : ध्रुवबहादुर प्रधान

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ध्रुवबहादुर प्रधानले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम अधिनायकवादी शैलीको भएको टिप्पणी गर्नुभएको छ । संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद प्रधानले यस्तो टिप्पणी गर्नुभएको हो ।
उहाँले सरकारले नेपाली नागरिकको मौलिक हकको समेत ख्याल नगरी कार्यक्रम अघि सारेको आरोप लगाउनु भयो । अहिले देशले भोगिरहेको समस्याहरु सम्बोधन गर्नुभन्दा पनि सरकारको दैनिकीलाई नै नीति तथा कार्यक्रममा समावेश गरिएको उहाँको टिप्पणी छ ।
उनले भने, ‘नीति तथा कार्यक्रममा केही कुराहरु नयाँ आएका छन् तर ति कार्यक्रमहरु कार्यान्वयन गर्न कति सम्भव छ भन्ने कुराहरु पनि हामीले हेर्नुपर्ने हुन्छ । सरकारको दैनिकी जस्तो कुराहरु पनि नीति तथा कार्यक्रममा समावेश ल्याएर जे गर्न खोजियो । नीति तथा कार्यक्रममा समावेश नहुनुपर्ने कुराहरु आएका छन् । समावेश गर्न आवश्यक कुराहरु समावेश गरिएको छैन । अहिले देशले भोगिरहेका समस्याहरु युवा, कृषकहरुले भोगिरहेका समस्या र तत्काल राहत उपलब्ध गराउने कुराहरु आउन सकेनन् । सरकारले अधिनायकवादी शैलीको जस्तो कुराहरु गरेर जुन ढँगले ल्याएको छ । नेपाली नागरिकको मौलिक हकलाई समेत नाघेर कुरा गर्न मिल्दैन ।’
सरकारले राष्ट्रपति रामचन्द्र पौडेलमार्फत आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रश्तुत गरेको छ । —न्युज एजेन्सी नेपाल

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न बनेका संवैधानिक र कानूनी प्रावधान…

सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहने…

कांग्रेस संसदीय दलको बैठक बस्दै

एमाले संसदीय दलको बैठक बस्दै

नीति तथा कार्यक्रमबारे सांसद शाहीः ‘टोले गुण्डाको चन्दा उठाउने सम्झौताको खोस्ट…

प्रधानमन्त्रीसँग अजरबैजानका उपविदेशमन्त्रीको शिष्टाचार भेट

नीति तथा कार्यक्रमलाई कसरी व्यवहारमा उतार्ने? : सांसद राणा

प्रतिक्रिया