आँचललाई `मिस टिन्स युनाईटेड नेसन्स नेपाल`को उपाधी

काठमाडौंं-‘मिस टिन युनाइटेड नेसन्स नेपाल २०२५’को उपाधि आँचल गिरीले जितेकी छन् । आयोजित फिनालेमा ‘मिस्टर टिन’को उपाधि चाहिँ मृनल श्रेष्ठले हात पारे । विजेता दुवैले अमेरिकाको फ्लोरिडा राज्यमा आयोजना हुने प्रतियोगिताको अन्तर्राष्ट्रिय संस्करणमा नेपालको प्रतिनिधित्व गर्न पाउने भएका छन् ।
प्रतियोगितामा पब्लिक च्वाइस अवार्ड स्मारिका मगर र रोहित श्रेष्ठले प्राप्त गर्दा प्रतिक्षा बस्नेत र आश्रिया तामाङले ‘अर्गनाइजर च्वाइस’ अवार्ड जिते । रोजिन शाक्यको कोरियोग्राफी रहेको प्रतिस्पर्धामा प्रतिस्पर्धीले दुर्गा बस्नेत, समीक्षा लामिछाने, बबिता प्रधान र अनिता खातीले तयार पारेका डिजाइन प्रस्तुत गरेका थिए ।
निर्णायकमा युनाइटेड नेसन्स प्याजेन्टस्का तर्फ अमेरिकाबाट नेपाल आएका लियन विलियम्स, फेसन डिजाइनर सजिना विष्ट, फेसन फोटोग्राफर सन्जय रौनियार र गायिका रेखा शाह थिए ।स्मार्ट गफ आयोजक रहेको प्रतियोगिताको राष्ट्रिय निर्देशक प्रमिला सिलवाल र इभेन्ट निर्देशक रमेश शाही थिए ।

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

महिला फुटबलका प्रशिक्षकमाथि गायिका झुमाले गरिन 'त्यस्तो नाथे खुइले बाँदर' अभ…

प्रतिक्रिया