नीति तथा कार्यक्रममा शहरी विकास मन्त्रालयका के के विषय प्राथमितामा परे?

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार आव ०८२/८३ काे नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । संघीय संसद भवनमा प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त सभालाई सम्बोधन गर्दै उहाँले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा शहरी विकासका विभिन्न विषय समेटिएका छन् ।
उपप्रधानमन्त्रीसहित शहरी विकास मन्त्रालय सम्हालेपछि प्रकाशमान सिंहले काठमाडौं उपत्यकालाई सफा शहरका रूपमा विकास गर्ने, शहरीकरण व्यवस्थित रूपमा अघि बढाउने, उपत्यकाका नदी स्वच्छ बनाउने, पूर्वाधार विकासमा तीन तहकाे सरकारकाे समन्वय राम्राे बनाउने लगायतका विषयलाई प्राथमिकतामा राख्दै आएकाे थियो ।
ती विषय नीति तथा कार्यक्रममा समावेश भएका छन् । नीति तथा कार्यक्रममा शहरी विकास मन्त्रालयका यी विषय -काठमाडौं उपत्यकालाई व्यवस्थित र स्वच्छ वातावरणयुक्त स्थान बनाउन नदी संरक्षण र पर्यावरणीय सुधारकाे काम गरिने ।
- आपतकालिन आवास तथा आवासविहिन परिवारका लागि आवास निर्माण कार्यलाई निरन्तरता दिने ।
-कमजाेर र अव्यवस्थित शहरी क्षेत्रकाे एकीकृत विकास गरिने -भृकुटीमण्डपलाई अन्तरास्ट्रिय स्तरकाे सभा हल, मनाेरञ्जन पार्क का रूपमा विकास गर्ने ।
- शहरी पूर्वाधारका लागि थप पूँजी परिचालन गर्न नगर विकास काेषलाई पुनर्संरचना गर्दै यसकाे स्वामित्व संघ, प्रदेश, स्थानीय तह र वित्तिय संस्थाहरूकाेबिचमा वितरण गरिनेछ ।
-आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अघि बढाउने
- संघ प्रदेेश र स्थानीय तहकाे सहकार्यमा स्थानीय तहकाे केन्द्रलाई राष्ट्रिय र प्रादेशिक तहकाे सडक सञ्जालसँग जाेडी अन्तर आवद्धता कायम गर्ने

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न बनेका संवैधानिक र कानूनी प्रावधान…

सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहने…

कांग्रेस संसदीय दलको बैठक बस्दै

एमाले संसदीय दलको बैठक बस्दै

नीति तथा कार्यक्रमबारे सांसद शाहीः ‘टोले गुण्डाको चन्दा उठाउने सम्झौताको खोस्ट…

प्रधानमन्त्रीसँग अजरबैजानका उपविदेशमन्त्रीको शिष्टाचार भेट

नीति तथा कार्यक्रमलाई कसरी व्यवहारमा उतार्ने? : सांसद राणा

प्रतिक्रिया