बिपीसँगै जागरण गीत गाउने पौडेलको निधन

चितवन : विसं २०१५ मा नेपाली कांग्रेसका नेता बिपी कोइरालासँगै जागरणको गीत गाउँदै चुनावी अभियानमा जुटे्का योध्दाको मंगलबार निधन भएको छ । रत्ननगर नगरपालिका-१, बकुलहर निवासी खडानन्द पौडेलको ९३ वर्षका उमेरमा निधन भएको हो ।
कांग्रेस चितवनका पूर्वसभापति कृष्णलाल सापकोटाका अनुसार पौडेलले २०१५ सालको निर्वाचनमा बिपीसँगै गीत गाएका थिए । उनले भने, “इन्क्लाब दाजुभाइ जिन्दावाद भनन, तिमी पनि दाजुभाइ काँग्रेसै बनन’ भन्ने गीत गाउँदै चर्चामा आउनुभएको थियो ।”
विसं १९८५ वैशाख ३० गते बाग्लुङको बिनामारेमा जन्मिएका पौडेलले भारतको वनारसबाट शास्त्री अध्ययन गरेका थिए । उनले प्रजातान्त्रिक आन्दोलनका क्रममा पटकपटक गरी १० महिना कारागार जीवन बिताएका थिए । उनी विसं २०३६ को जनमतसङ्ग्रहमा रत्ननगरका पार्टी उपाध्यक्ष, २०४६ सालको आन्दोलनमा कांग्रेस र संयुक्त जनमोर्चाका रत्ननगर संयोजक र २०४४ देखि २०५६ सालसम्म कांग्रेस रत्ननगरका सभापति भएका कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले जानकारी दिए ।
आफ्ना पिताको चुनावमा समेत खटिएका पौडेलको पार्थिव शरीरमा काग्रेस महामन्त्री डा शशांक कोइरालाले पार्टीको झण्डा ओढाएर श्रध्दाञ्जली अर्पण गरेका थिए ।
पौडेलका तीन छोरा र दुई छोरी छन् । (रासस)

मण्डनदेउपुरका जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन न…
कृषि अनुसन्धानः मनहरीमा चैतेधान परीक्षण

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

यातायात कार्यालयद्वारा ४५ करोड राजस्व संकलन

राक्सिराङमा चट्याङको पूर्वसूचना दिने संयन्त्र जडान गरिँदै

काभ्रे–कोशीपूर्वको सडक १५ वर्षपछि पक्की

प्रतिक्रिया