ओडिसामा प्रिशा मृत्यु प्रकरण : नेपाल सरकारले थाल्यो कुटनीतिक पहल
काठमाडौँ- भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अर्को पनि नेपाली छात्राले आत्महत्या गरेपछि परराष्ट्र मन्त्रालयले पहलकदमी सुरू गरेको छ ।
केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिशा साह आफ्नै होस्टेल कोठामा मृत भेटिएको घटनापछि मन्त्रालयले पहल सुरू गरेको हो ।
परराष्टमन्त्री डा. आरजु राणा देउवाले सो घटनाका बारेमा विस्तृत बुझ्ने काम भइरहेको पनि जनाएकी छिन् । ‘परराष्ट्र मन्त्रालयले घटना लगत्तै हिजो नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरू र दिल्लीस्थित नेपाली दूतावासमार्फत घटनाको सत्य तथ्य छानविन गर्न कूटनीतिक पहल थालेको छ’ परराष्ट्रमन्त्री राणाले भनिन् ।
उनले सो घटनामा ज्यान गुमाउने मृतक प्रिशाप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेकी छिन् ।
उता भारतको ओडिसा राज्यले पनि सो घटना बारेमा छानबिन गर्ने जनाएको छ।
भारतको ओडिसा सरकारले कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा नेपाली छात्रा मृत भेटिएको घटनामा दुःख व्यक्त गर्दै छानबिनको आदेश दिएको हो ।
बिटेक पहिलो वर्षमा अध्ययनरत नेपाली छात्रा साह आफ्नै होस्टलको कोठामा मृत भेटिएको घटनाको जाँच गर्न पनि ओडिसा सरकारले सो आदेश दिएको हो ।
बिहीबार राति मृत भेटिएकी साहको घटनाको प्रहरीले घटनाको अनुसन्धान सुरू गरिसकेको ओडिसा सरकारले जनाएको छ ।

स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड स्कुलद्वारा 'एसजीमुन ४.०' आयोजना गर्दै

नक्सालमा मास्टर सेफ साहको ‘जनकपुर फिस हाउस’

देशका अधिकांश भागमा वर्षा हुने

राशिफलमा यस्तो हुनेछ आज तपाईंको भाग्य

जिपले च्यापेर बालकको मृत्यु

मकरको रोकिएका काम सुचारु हुने, कुम्भले समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने

धनगढीमा अविरल वर्षा : दुई हजार घरमा पानी पस्यो, आठ जनाको उद्धार

प्रतिक्रिया