आणविक वार्ताअघि अमेरिकाले इरानमाथि लगाएको नयाँ प्रतिबन्धको तेहरानद्वारा निन्दा

तेहरान- इरानले इरानमाथि नयाँ प्रतिबन्ध लगाउने अमेरिकी निर्णयलाई बिहीबार ‘आर्थिक आतङ्कवाद’ को संज्ञा दिएको छ ।
संयुक्त अरब इमिरेट्स (युएई) मा रहेका चार र टर्कीमा रहेको एक गरी इरानी तेल बिक्री गर्ने सात कम्पनीमाथि संयुक्त राज्य अमेरिकाले प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भनेका छन् , “जबसम्म इरानले आफ्नो अस्थिर गतिविधिका लागि तेल र पेट्रोकेमिकल राजस्व जुटाउने प्रयास गर्छ र आफ्ना आतङ्कवादी गतिविधि र छद्य्म रूपलाई अगाडी बढाउँछ, तबसम्म संयुक्त राज्य अमेरिकाले इरान र प्रतिबन्ध छलीमा संलग्न उसका सबै साझेदारहरूलाई जवाफदेही बनाउन कदम चाल्नेछ।”
इरान र अमेरिकाबीच शनिबार रोममा हुने चौथो चरणको वार्ताअघि तेहरानले आफ्नो आणविक कार्यक्रममाथिको प्रतिबन्धको बदलामा अन्य राजनीतिक तथा आर्थिक प्रतिबन्धबाट राहत मागिरहेको छ ।
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बाकाईले एक वक्तव्य जारी गर्दै विकासशील देशहरूबीचको मैत्रीपूर्ण र कानुनी सम्बन्धमा आर्थिक आतङ्कवादको माध्यमबाट खलल पुर्याउने अमेरिकी प्रयासको एक हिस्साका रूपमा प्रतिबन्ध लगाइएको बताएका छन् ।
अमेरिकी निर्णयकर्ताहरूको विरोधाभासी दृष्टिकोण र कूटनीतिको मार्गलाई अगाडि बढाउन सद्भाव र गम्भीरताको कमीको स्पष्ट प्रमाण भएको उनले बताए ।
गत जनवरीमा राष्ट्रपतिमा फर्किएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा इरानमाथि ‘अधिकतम दबाब’ दिने अभियान लाई पुनः सुरु गरेका छन् ।
गत मार्चमा उनले इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीलाई पत्र पठाएर वार्ताका लागि आग्रह गर्दै इरानले अस्वीकार गरेमा सम्भावित सैन्य कारबाहीको चेतावनी दिएका थिए ।
आफ्नो पहिलो कार्यकालमा ट्रम्पले सन् २०१५ मा इरान र विश्व शक्तिराष्ट्रबीच भएको आणविक सम्झौताबाट अमेरिकालाई फिर्ता भएको घोषणा गर्दै कडा प्रतिबन्धहरू पुनः लागू गरेका थिए । (एएफपी)

पोर्न अभिनेतामाथि ब्रिटिश समलिङ्गी जोडीको हत्या आरोप, टाउको काटेर राखे फ्रिजमा

इस्तानबुलमा प्रदर्शन रोक्ने क्रममा ४०० जना पक्राउ

'अमेरिका भन्सार शुल्क वार्ताका लागि चीनसँग सम्पर्क गर्दैछ'

दक्षिण कोरियाली पूर्व राष्ट्रपति युनमाथि अधिकारको दुरुपयोगका लागि अभियोग

खर्चमा लागत कटौती अभियानले अपेक्षित सफलता नपाएको मस्कको स्वीकारोक्ति

व्यापार अनिश्चितताका बीच अमेरिकी उत्पादनमा सङ्कुचन

चीनले अमेरिकामा रद्द गरेर ब्राजिलबाट ल्याउन थाल्यो भटमास

प्रतिक्रिया