शुक्रबार १९ बैशाख, २०८२
Friday, May 02, 2025

केआईआईटीमा वीरगञ्जकी प्रिशा साह झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौँ- भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत एक नेपाली विद्यार्थी मृत फेला परेकी छिन् । बिहीबार वीरगञ्ज घर भएकी प्रिशा साह होस्टलमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

उनी विश्वविद्यालयको स्नातक तह प्रथम वर्षमा अध्ययनरत थिइन् ।

प्रिशाको शव पोष्टमार्टम परिवारका सदस्य आएपछि मात्रै गरिने नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर, एसएसपी सञ्जीव शर्मा दासले बताए ।

गत ४ फागुनमा केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टलमा मृत फेला परेकी थिइन् ।