व्यापार अनिश्चितताका बीच अमेरिकी उत्पादनमा सङ्कुचन

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर वृद्धिसम्बन्धी अनिश्चितताका कारण गत महिना अमेरिकी उत्पादनमा आएको मन्दीले यस क्षेत्रमा तरङ्ग ल्याएको बिहीबार प्रकाशित सर्वेक्षण तथ्याङ्कले देखाएको छ ।
अमेरिकी राष्ट्रपतिले अप्रिलको सुरुमा अधिकांश देशहरूविरुद्ध व्यापक करहरू सार्वजनिक गर्नुभएको थियो तर धेरै राष्ट्रहरूको सन्दर्भमा उनले कर वृद्धिको मार्ग परिवर्तन गरेको छ यद्यपि यो चीनका लागि भने लागु भएको छैन अर्थात् चीनले लिएको प्रतिशोधको बदलामा राष्ट्रपति ट्रम्पले कर वृद्धिलाई कुल १४५ प्रतिशतसम्म पुर्याएका छन् ।
करको अस्थायी स्थगनपछि के हुने भन्ने आगामी अनिश्चितताले वित्तीय बजारमा भ्रम सिर्जना गरेको छ, जसले विश्वव्यापी अस्थिरतालाई बढावा दिएको छ। यसको प्रभाव अमेरिकी सामानहरूमा समेत परेको छ ।
इन्स्टिच्युट फर सप्लाई म्यानेजमेन्ट (आईएसएम) को उत्पादन सूचकाङ्क अप्रिलमा ४८.७ प्रतिशतमा झरेको छ, जुन मार्चमा यसको स्तरभन्दा निकै तल छ र विस्तार र सङ्कुचनलाई छुट्याउने ५० अङ्कभन्दा तल छ ।
ब्रिफिङ डट कमकाअनुसार यो बजारको सहमतिभन्दा केही राम्रो थियो ।
आईएसएम सर्वेक्षण प्रमुख टिमोथी फियोरले एक प्रतिक्रियामा भने, “माग र उत्पादन पछि हटेको छ र अधिक कर्मचारी कटौतिको कार्य जारी छ । सम्बन्धित कम्पनीहरूले अज्ञात आर्थिक वातावरणको प्रतिक्रिया दिएका छन्।
उनले भने, “करका कारण मूल्य केही बढेको छ, जसले गर्दा नयाँ माग आउने ब्याकलगहरू, आपूर्तिकर्ता डेलिभरीमा मन्दी र विनिर्माण सूची वृद्धि भएको छ।” (एएफपी)
अस्ट्रेलियाली प्रहरीद्वारा जासुसीको आरोपमा चिनियाँ नागरिकमाथि मुद्दा दायर

पाकिस्तानमा बाढीले १४० बालबालिकासहित २९९ जनाको मृत्यु

युरेनियम प्रशोधन हाम्रो अधिकार हो : इरान

घानाद्वारा ‘कोको’ किसानको मूल्यमा ऐतिहासिक वृद्धि

अमेरिकी श्रम बजार कमजोर हुँदै, अर्थतन्त्रमा जोखिम बढ्दै

भारतको आन्ध्र प्रदेशमा खानी दुर्घटना : ६ कामदारको मृत्यु , १० जना घाइते

इरानको आणविक कार्यक्रममा पाकिस्तानको समर्थन, दुई देशबीच १० अर्बको ब्यापार सम्झौ…

प्रतिक्रिया