जिप दुर्घटनामा एक जनाको मृत्यु, ६ घाइते

कटारी (उदयपुर)- उदयपुरको कटारी नगरपालिका–६ सोमबारेमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।
चितवनबाट झापातर्फ जाँदै गरेको मे१च ३०४० नम्बरको जिप दुर्घटना हुँदा झापाको दमक नगरपालिका–३ का ५५ वर्षीय माधव बस्नेतको मृत्यु भएको हो । उनी दमक नगरपालिकाका कानुन अधिकृत हुन् ।
इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक कमल बजगाईंका अनुसार बस्नेतको कटारी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । गम्भीर घाइते झापाको दमक नगरपालिका–१० का ४९ वर्षीय राजेन्द्रप्रसाद भण्डारीको कटारी अस्पतालमै उपचार भइरहेको छ ।
दुर्घटनामा दमक–१ का ४५ वर्षीय ज्ञानेन्द्र गौतम, दमक–६ का ५४ वर्षीय कमल श्रेष्ठ, दमक–२ का ३८ वर्षीय नवीन खतिवडा र गौरादह नगरपालिका–१ का ५४ वर्षीय भुवन दाहाललाई उपचारका लागि न्यूरो अस्पताल विराटनगर लगिइएको छ । चालक दमक–९ का ३८ वर्षीय देवेन्द्र तामाङको पनि कटारी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

एसपी गिरीले सम्हाले रौतहट प्रहरीको कमाण्ड

दुम्कीबासमा डाइभर्सन बगायो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
ओडिसामा प्रिशा मृत्यु प्रकरण : नेपाल सरकारले थाल्यो कुटनीतिक पहल

गौरीटापको पर्यटन प्रवर्द्धनका लागि स्पार्क एड्भेञ्चर

विदेश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ

वैशाख शुक्ल पञ्चमी : आद्य शङ्कराचार्य जयन्ती
केआईआईटीमा वीरगञ्जकी प्रिशा साह झुण्डिएको अवस्थामा मृत फेला

प्रतिक्रिया