शुक्रबार १९ बैशाख, २०८२
Friday, May 02, 2025

अब स्वास्थ्य बीमा आफै बसेको ठाउँबाट पाइने

काठमाडौँ- आफू बसोबास गरेको स्थानबाट नै सेवाग्राहीले स्वास्थ्य बीमा सेवा पाउने व्यवस्था भएको छ । 

बुधबारको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य बीमा नियमावली संशोधन गर्ने निर्णय गरेसँगै अब स्वास्थ्य बीमा गरेकाले आफ्नै थातथलोमा लिन सक्नेछन् ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको निजी सचिवालयका अनुसार अब सेवाग्राहीले एक महिनाभित्रमा नै सुविधा उपभोग गर्न पाउने छन् । यसअघि बीमासेवा लिन तीन महिना प्रतीक्षा गर्नुपर्थ्यो ।