सभापति देउवासँग विदेश विभाग प्रमुख चौथाइवालेको भेट

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा विजय चौथाइवालेले भेटवार्ता गरेका छन् ।
सभापति देउवाको निजी निवास बुढानिलकण्ठमा आज भएको भेटमा उहाँहरूबीच नेपाल–भारत सम्बन्धका समग्र पक्षहरूको समीक्षाका साथै ऐतिहासिक साझेदारीलाई थप सुदृढ बनाउने सम्बन्धमा छलफल भएको थियो ।
भेटमा सभापति देउवाका धर्मपत्नी एवं परराष्ट्रमन्त्री डा आरजु राणा देउवा सहभागी थिए । परराष्ट्रमन्त्री डा देउवाले उक्त भेटवार्ता फलदायी भएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।

केपी ओली बिनाको एमाले होस भन्ने चाहाना पुरा हुदैँन्ः प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीबाट हुलाकी राजमार्गको रतुवा पुल उदघाटन
रास्वपाको सामान्य प्रशासन मन्त्री गुप्ताको अडियो प्रकरणको छानविन गर्न माग

राप्रपाका असन्तुष्ट नेताले निर्वाचन आयोगमा दिए उजुरी

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

प्रतिक्रिया