शनिबार २० बैशाख, २०८२
Saturday, May 03, 2025

शिक्षकका नौबुँदे माग मन्त्रिपरिषद्बाट स्वीकृत, आन्दोलन स्थगित

काठमाडौँ- मन्त्रिपरिषद्को बैठकले शिक्षकका नौ बुँदे माग स्वीकृत गरेको छ। नौ बुँदे माग सरकारले स्वीकृत गर्ने र असार १५ भित्र शिक्षा ऐन ल्याउने सहमतिसँगै सहमति जुटेको हो। भोलिदेखि सडक आन्दोलन नहुने शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए। शिक्षा मन्त्रालयमा पत्रकार सम्मेलन गरी सहमतिबारे जानकारी गराइएको छ। 

सरकारले शिक्षकको माग पुरा गरेसँगै सडक आन्दोलन स्थगित हुने भएको हो ।