आफु विरोधी क्यानेडियन प्रधानमन्त्री कार्नीलाई ट्रम्पले गरे फोन

टोरोन्टो- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाका प्रधानमन्त्री मार्क कार्नीलाई फोन गरेर देशको आमनिर्वाचनमा विजयी भएकोमा बधाई दिएका छन् ।
समाचार अनुसार दुवैले निकट भविष्यमा भेट्ने सहमतिसमेत जनाएका छन् । क्यानडामा सोमबार भएको निर्वाचन पछिको परिणामले दुई देशले नयाँ आर्थिक र सुरक्षा सम्बन्धबारेमा वार्ता गर्ने अपेक्षा गरिएको छ ।
ट्रम्पको लगाएको अत्यधिक व्यापार शुल्क र क्यानडाको सार्वभौमसत्तालाई कमजोर पार्ने बारम्बार टिप्पणीहरूका बीचमा क्यानडाका भावी प्रधानमन्त्री कार्नी र ट्रम्पबीच टेलिफोन वार्ता भएको हो । ट्रम्पले क्यानडालाई अमेरिकाको ५१ औं राज्य भनेर टिप्पणी गर्दै आएको छन्, त्यसैको बिरोधमा उत्रिएका कार्नीको लिभरल पार्टीले अघिल्लो निर्वाचनमा भन्दा १६ सिट बढी अर्थात १६९ सिट ल्याएर पहिलो पार्टी बनाएका छन् ।
अब उनलाई सरकार बनाउनका लागि कम्तिमा थप ३ सांसदको मत आवाश्यक पर्छ किनभने क्यानडामा सरकार बनाउनका लागि कम्तिमा १७२ सांसदको समर्थन प्राप्त गर्न जरूरी छ ।
सार्वजनिक प्रसारक सीबीसीका अनुसार यो त्यो नतिजाले कार्नीको अमेरिकी समकक्षसँग वार्ता गर्ने र घरेलु मुद्दाहरूको दायरालाई सम्बोधन गर्ने दबाबपूर्ण कार्यहरूलाई अझ चुनौतीपूर्ण बनाउने भएको छ ।
मङ्गलबार प्रधानमन्त्रीको कार्यालयले जनाए अनुसार चुनाव परिणाम पछिको पहिलो कलमा ट्रम्पले कार्नीलाई उनको विजयको लागि बधाई दिएका हुन । सो कार्यालयका अनुसार दुई नेताहरू बिच भएको टेलिफोन बार्तामा आफ्नो पारस्परिक सुधारको लागि स्वतन्त्र, सार्वभौम राष्ट्रको रूपमा क्यानडा र संयुक्त राज्य अमेरिकाले मिलेर काम गर्ने सहमत भएका छन ।

टेक्सासमा बाढी : मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो, उद्धार कार्य जारी

टेक्सासमा बाढी : १३ जनाको मृत्यु, उद्धार कार्य जारी

फ्रान्सका राष्ट्रपति म्याक्रोँले मङ्गलबार बेलायती संसदलाई सम्बोधन गर्ने

पाकिस्तानमा भवन भत्किँदा ६ जनाको मृत्यु, १० जना भग्नावशेषमा फसेको आशंका

ईरानको निर्णयले आणविक स्थायित्वमा असर, विश्व समुदाय गम्भीर

अफगान नागरिकहरूलाई फिर्ता पठाउने जर्मन योजनाप्रति संयुक्त राष्ट्रसंघको चिन्ता

इन्डोनेसियामा डुङ्गा डुब्दा ४ जनाको मृत्यु, ३८ बेपत्ता

प्रतिक्रिया