छालालाई चम्किलो र नरम बनाउन एलोभेरामा मिसाउनुहोस् यी तीन चिज

काठमाडौँ- गर्मी मौसममा छालाको विशेष हेरचाह चाहिन्छ। यो मौसममा गर्मी, धुलो र पसिनाका कारण छाला धेरै खराब हुने गर्छ । यस बाहेक गर्मीको समयमा मानिसहरूले छाला सम्बन्धी समस्याहरू जस्तै पिम्पल, दाग र टेनिङ जस्ता समस्याहरू पनि सामना गर्छन्।
यी स्किनकेयर समस्याहरूबाट छुटकारा पाउन मानिसहरूले धेरै प्रकारका सौन्दर्य उत्पादनहरू प्रयोग गरे पनि कहिलेकाहीं तिनीहरूले कामसमेत गर्दैनन्। यस्तो अवस्थामा तपाईं एलोभेरा प्रयोग गर्न सक्नुहुन्छ, जसले तपाईंको छालालाई प्राकृतिक रूपमा स्वस्थ राख्न मद्दत गर्दछ। किनभने, यसमा प्रचुर मात्रामा भिटामिन, एन्टिअक्सिडेन्ट र एन्टी इन्फ्लेमेटरी गुण हुन्छ, जसले छालालाई डि हाइड्रेसनबाट बचाउँछ। एलोभेराको प्रयोग कस्ता तरिकामा गर्न सकिन्छ, हामी तपालाई बताउने छौं ।
एलोभेरा र मुलतानी माटो
गर्मी मौसममा हुने अधिकांश छालाको समस्या एलोभेराले कम गर्न सकिन्छ । यसका लागि मुलतानी माटोमा एलोभेरा मिसाएर अनुहारमा लगाउने । यो फेस मास्क बनाउन दुई चम्चा मुलतानी माटो र २ चम्चा ताजा एलोवेरा जेल लिनु होस्। यसलाई राम्ररी मिलाएर अनुहारमा लगाउनु होस्। प्याकलाई १५ मिनेटको लागि छोड्नुहोस् र चिसो पानीले धुनुहोस्। यो फेस मास्कले अनुहारको चायाँ , दाग, झुर्रियाँ, सनबर्न र टेनिंगबाट छुटकारा पाउन मद्दत गर्दछ।
एलोभेरा र काँक्रो
एलोभेरा र काँक्रोको फेस मास्क नरम र चम्किलो छालाको लागि स्वस्थ मानिन्छ। दुबै छालालाई शीतलता र ताजापन दिन्छ। तिनीहरूले टेनिंग र दाग कम गर्न पनि मद्दत गर्दछ। यसको प्रयोग गर्न एक चम्चा एलोभेरा जेल र काँक्रोको रस लिनुहोस्। राम्रोसँग मिलाएर अनुहारमा लगाउनु होस् र लगभग १५ मिनेटको लागि छोड्नुहोस्। यस पछि पानीले धुनुहोस्।
एलोभेरा र गुलाब जल
एलोभेरा र गुलाबजल मिसाएर लगाउनाले छालाको जलन र तातोपन कम हुन्छ। साथै, यसले तपाईको छालालाई नरम र चम्किलो बनाउँछ। यसलाई प्रयोग गर्नका लागि एक चम्चा ताजा एलोभेरा जेल लिनुहोस् र त्यसमा गुलाब जलको केही थोपा मिसाउनु होस्। यसलाई राम्ररी मिलाएर अनुहारमा लगाउनु होस्। यसपछि यसलाई १५ मिनेटसम्म छोडेर पानीले धुनुहोस् ।

यस्तो छ आजको राशिफल

रामजानकी मन्दिर निर्माणको काम सुरु

एसपी गिरीले सम्हाले रौतहट प्रहरीको कमाण्ड

दुम्कीबासमा डाइभर्सन बगायो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
ओडिसामा प्रिशा मृत्यु प्रकरण : नेपाल सरकारले थाल्यो कुटनीतिक पहल

गौरीटापको पर्यटन प्रवर्द्धनका लागि स्पार्क एड्भेञ्चर

विदेश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ

प्रतिक्रिया