अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आपत्ति

काठमाडौँ- अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल अघि बढाउन माग गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठक सुरु हुने बितिकै पाण्डेले विपक्षी दलले दर्ता गराएको प्रस्ताव कार्यसूचीमा नराखिएकोप्रति आपत्ति जनाउँदै जरुरी सार्वजनिक महत्वको प्रस्ताव संसदमा छलफल गर्न माग गरे ।
उनले सरकारको तर्फबाट मन्त्रीले समय दिन नसक्ने भएपछि जरुरी सार्वजनिक महत्वको प्रस्ताव अघि नबढाएको जवाफ आएकाले सरकार संसदप्रति गैरजिम्मेवार देखिएको बताए । उनले संसदको चालू अधिवेशनमा शिक्षकहरूको समस्या समाधानका लागि सांसदहरूले आवाज उठाइरहेको भएपनि सरकारले सदनमा त्यसबारे कुनै जानकारी पनि नगराएको उल्लेख गरे ।
बैठकमा एमालेका मुख्य सचेतक महेश बर्तौलाले भने सरकार सदनप्रति जिम्मेवार रहेको र शिक्षकहरूसंगको माग सम्बोधनका लागि निरन्तर छलफलमा रहेको उल्लेख गरे । शिक्षकहरूको बिषय निकै संवेदनशील रहेको भन्दै उनले छिट्टै समस्या समाधान हुने विश्वास व्यक्त गरे ।
बर्तौलाले शिक्षकहरूसँग सरकारले गरेको सहमति कार्यान्वयन नहुँदा समस्या देखिएको भन्दै शिक्षकहरूको जायज माग पुरा गरेर विद्यालय फर्काउन सुझाव दिए ।
बर्तौलाले शिक्षामन्त्री निरन्तर छलफलमा रहेकाले यस बिषयमा सरकार अनुदार बनेको जस्तो नदेखिएको जिकिर गरे ।

गृहमन्त्री लेखकद्वारा विधयेक समिति बैठक आह्वान

जलवायु परिवर्तनको असर र कृषि सङ्कटको सवालमा संसदमा बहस

सदनमा सांसदको प्रश्न- बहुविवाहलाई मान्यता दिनेगरी कानुन बन्न लागेको हो ?

भिजिट भिषा विषयको आन्दोलन वार्ताको माध्यमबाट टुङ्ग्याउनुपर्छः सांसद परियार

संसद र सांसदहरू अन्तरराष्ट्रिय सहकार्यलाई सुदृढ पार्ने साधन पनि हो : सुभामुख …

चालु आवमा १२१ नयाँ कानुन बनाउने सरकारको लक्ष्य

गिरीबन्धु टी–इस्टेटको जग्गा चिया बगानबाहेकका रुपमा प्रयोग गरे स्वतः सरकारको …

प्रतिक्रिया