खुल्न थाले सामुदायिक विद्यालय

पर्वत- शिक्षक महासंघले घोषणा गरेको आन्दोलन अनिश्चित बन्दै गएपछि यहाँका सामुदायिक विद्यालय खुल्न थालेका छन् ।
सामुदायिक विद्यालय सञ्चालनमा नआउँदा निजी विद्यालयतर्फ विद्यार्थीको आकर्षण बढेको र यही अवस्थामा सामुदायिक विद्यालय थप प्रभावित हुने भएपछि विद्यालय व्यवस्थापन समिति र अभिभावकले भर्ना अभियान सञ्चालन र पठनपाठन सुरु गरेका हुन् ।
शिक्षा विकास तथा समन्वय एकाइ पर्वतका अनुसार विभिन्न स्थानीय तहले विद्यालय खोलेर भर्ना अभियानका साथै पठनपाठन सुरु गरेका छन् । कुश्मा नगरपालिकाका केही विद्यालय, मोदी गाउँपालिका, फलेवास, महाशिला, जलजलाका विभिन्न विद्यालय खुलेर नियमित पठनपाठन हुन थालेको इकाई प्रमुख मतिलाल चपाईले जानकारी दिए ।
इकाईका अनुसार जिल्लामा २७५ सामुदायिक र २८ निजी विद्यालय छन् । आन्दोलनमा नगएका शिक्षकले अभिभावक र व्यवस्थापन समितिको दबाबमा विद्यालय सञ्चालन गर्न थालेका हुन् । यहाँका सामुदायिक विद्यालयमा करिब १९ हजार विद्यार्थी अध्ययनरन छन् ।

हत्या अभियोगमा दुई जना पक्राउ

उपल्लो मुस्ताङमा बागवानीको ‘सेटलाइट कृषि फार्म’

दव्ल्याङमा पहिरोले कालीगण्डकी करिडोर क्षतविच्छेद, सवारी आवागमन ठप्प

हत्या अभियोगमा दुई जना पक्राउ

संस्कृति र सम्पदाको सदुपयोग गरे देश समृद्ध हुन्छ : मन्त्री पाण्डे

बेँसीसहर–चामे सडक अवरुद्ध
लेकगाउँमा ‘एक घर एक धारा’ खानेपानी विस्तार

प्रतिक्रिया