स्पेन र पोर्चुगलमा व्यापक विद्युत अवरोध, रेल, मेट्रो रेल र हवाई उडान अवरूद्ध

ब्रसेल्स- स्पेनको विद्युत अवरोध साइबर आक्रमणबाट भएको भन्ने कुनै सङ्केत नभेटिएको इयूले जनाएको छ ।
स्पेन र पोर्चुगलमा व्यापक विद्युत अवरोधपछि त्यहाँ साइबर आक्रमण भएको भन्ने अनुमानहरूलाई खारेज गर्दै युरोपेली सङ्घका प्रमुख एन्टोनियो कोस्टाले भने, “अहिलेसम्म साइबर आक्रमणको कुनै सङ्केत भेटिएको’ छैन ।”
“दुवै देशका ग्रिड अपरेटरहरूले कारण पत्ता लगाउन र बिजुली आपूर्ति बहाल गर्न काम गरिरहेका छन्,” युरोपेली सङ्घका सदस्य राष्ट्रहरूको प्रतिनिधित्व गर्ने युरोपेली परिषद्का प्रमुख कोस्टाले स्पेन र पोर्चुगलका नेताहरूसँग टेलिफोन सम्पर्कपछि एक्समा लेखेका छन् ।
म्याड्रिड र बार्सिलोनामा मानिसहरू घर तथा कार्यालयबाट सडकमा निस्केको र आफ्नो स्मार्टफोनमा अवरूद्ध भएको नेटवर्कको पर्खाइमा रहेको देखिन्थे । अनलाइन पत्रपत्रिकाहरूले मानिसहरू लिफ्टमा फसेको, रेल सेवा, मेट्रो रेल सेवा र उडानसमेत अवरूद्ध भएको स्पेनी सञ्चारमाध्यमले जनाएका छन् ।
इन्टरनेट गतिविधि अनुगमन साइट नेटब्लकले एएफपीलाई बताएअनुसार विद्युत अवरोधका कारण देशको अधिकांश डिजिटल पूर्वाधारमा सेवा प्रभावित बन्न पुगेको छ । यसले वेब कनेक्सन सामान्य प्रयोगको १७ प्रतिशतमा झरेको बताएको छ ।
फ्रान्सको दक्षिण पश्चिम क्षेत्रमा पनि केही समय विद्युतमा अवरोध आएको र सेवा प्रभावित भएको थियो यद्यपि, त्यहाँ अहिले सेवा पुनः सञ्चालनमा आएको छ । (एएफपी)

इरानको आणविक कार्यक्रममा पाकिस्तानको समर्थन, दुई देशबीच १० अर्बको ब्यापार सम्झौ…

आफ्नै १७८ कार्यकारी आदेशमध्ये ट्रम्पले उल्टाए ३४ वटा निर्णय

सुटकेसमा बच्चासहित यात्रा गर्ने न्युजिल्याण्डकी एक महिला पक्राउ

यमनको समुद्री किनारमा डुंगा डुब्दा २० भन्दा बढी आप्रवासीको मृत्यु, दर्जनौं बेप…
इजरायलद्वारा सिरियाली भूभागमा हमला, दर्जनौं हतियार जफत

नाइजेरियामा सशस्त्र आपराधिक समूहद्वारा ५० भन्दा बढी व्यक्तिको अपहरण

भियतनाममा बाढीको कहर, १० जनाको मृत्यु

प्रतिक्रिया