मौरी पालेर वार्षिक ८ लाख बढी आम्दानी
धरान (सुनसरी)- यहाँको इटहरी उपमहानगरपालिका–४ का युवराज भट्टराईले मौरीपालन गरेर वार्षिक रु आठ लाख बढी आम्दानी गरिरहेका छन् ।
मौरी चरनका लागि मौसम अनुकूल भएमा मह धेरै उत्पादन हुन्छ । आधुनिक प्राविधि प्रयोग गरी मौरीपालनबाट मनग्ये आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन्, भट्टराई । “बुवाकै सल्लाहमा विसं २०७२ मा मौरीपालन सुरु गरको हुँ”, उनले भने । हाल ६२ घार मौरी उहाँले पाल्नुभएको छ । वार्षिक नौ देखि १२ क्वीन्टलसम्म मह उत्पादन हुने र त्यसबाट रु आठ लाख बढी आम्दानी गरिरहेको उनले बताए ।
सुरुमा मह उत्पादन भएपनि बजारको समस्या थियो । अहिले त्यो समस्या समाधान भएको छ । उत्पादित मह बिक्री हुने गरेको छ । मौरीलाई दैनिक स्याहार्नु पर्दैन । चार/पाँच दिनमा घारको अवस्था, मौरीको सक्रियता, खानको लागि फूलको रस पुगेको छ कि छैन, रोग लागेको छ कि छैन भनेर निगरानी गर्दा हुने उनको भनाइ छ ।
भट्टराईले युरोपेली मेलिफेरा जातको मौरीपालन गरिरहनुभएको छ । यो जातको मौरी रोगप्रतिरोधी हुने र मह उत्पादन धेरै गर्छ । घारलाई भने घाम लाग्ने पारिलो ठाउँमा ठाउँमा राख्नुपर्छ । मौरीलाई फूल फुल्ने बोटबिरुवा पानीको स्रोत हुनुका साथै शान्त वातावरण आवश्यक पर्छ । त्यसैले एकदेखि दुई महिनामा स्थान परिवर्तन गराइदिने गर्नुपर्छ ।
भट्टराईको फार्ममा उत्पादित मह स्थानीय बजारका साथै विराटनगर, दमक र काठमाडौँसम्म बिक्री हुने गर्छ । “अनलाइन अर्डर हुँदा कुरियर गरेर पठाउने गरेको छु”, भट्टराईले भने, “महको मूल्य गुणस्तर, स्वाद साथै खर्च हेरेर निर्धारण गरिन्छ, । मैले धेरै जसो तोरी बारीमा, आँप, लिची, सूर्यमुखी फूललगायत बगानमा सिजनअनुसार मौरी चराउन लाने गरेको छु । अहिले प्रतिकेजी रु एक हजारमा मह बिक्री गर्दै आएको छु । महसँगै रु १० हजारका दरले मौरीसहितको घारसमेत बिक्री गर्दै आएको छु”, उनले भने ।
इटहरी उपमहानगरपालिकाले वर्षमा केही उपकरण र घार अनुदान दिएको छ । यसलाई अझ व्यवस्थित गर्न बजारको अध्ययनसँगै आधुनिक प्रविधिको घार, मौरीपालन सीपका लागि सरकारबाट सहयोग भएमा आम्दानीको राम्रो सम्भावना रहेको उनको भनाइ छ । रासस

बुबाआमा टुङ्गो नभएका इन्द्रबहादुरलाई ३६ वर्षमा नागरिकता

कटारी जीप दुर्घटना : एक जनाको मृत्यु, पाँच घाइते

सगरमाथा पदयात्रामा अमेरिकी पर्यटक सम्पर्कविहीन

खुम्बु क्षेत्रमा भारी हिमपात

मकालुमा चट्याङ लागेर १७ वटा भैँसी मरे

पहिरोले घरबारविहीन बनेका छितिजको परिवारलाई नयाँ घर

मेचीनगर नगरपालिकाद्वारा खाद्य उद्योगलाई ५० हजार जरिवाना

प्रतिक्रिया