सुनसरीमा हावाहुरी र वर्षाले मकै र आँपमा क्षति

इनरूवा (सुनसरी)- गएरातिको हावाहुरी र वर्षाले सुनसरीमा मकैखेती र आँपखेतीमा ठूलो क्षति गरेको छ ।
सुनसरी सदरमुकाम इनरूवासहित देवागञ्ज, भोक्राहा, बराहक्षेत्र, हरिनगरलगायतका क्षेत्रमा गरिएको मकैखेती र आँपखेतीमा क्षति पुर्याएको कृषि ज्ञान केन्द्र इनरूवा सुनसरीका प्रमुख नीलकमल सिंहले जानकारी दिए ।
जिल्लाको विभिन्न ठाउँमा सघन र व्यावसायिक रूपमा मकैखेती गरिँदै आइएको छ । भित्र्याउने बेलामा हावाहुरीसँगै वर्षाले मकैखेतीमा क्षति पुर्याएको उनले जानकारी दिए । मकै भित्र्याउने बेलामा हावाहुरी र वर्षाले बिरूवा खेतमै रहेको, मकैमा लागेको फूल झरेको, फलसमेत खसेका कारणले ठूलो नोक्सानी भएको छ । त्यसैगरी, आँपमा समेत क्षति भएको उनले जानकारी दिए ।
आँपमा चिचिला लागेका बेलामा हावाहुरीसहित आएको पानी र चट्याङबाट नोक्सानी भएको उहाँले बताउनुभयो । त्यसैगरी, लौका, काँक्रा, करेला, परवल, बोडीलगायत लहरे तरकारी बालीमा क्षति भएको कृषि ज्ञान केन्द्र इनरूवा सुनसरीले जनाएको छ ।
गएराति हावाहुरीसँगैको वर्षाका कारणले सुनसरीमा कृषि क्षेत्रमा भएको क्षतिको तथ्याङ्क सङ्कलन गर्ने कार्य भइरहेको कृषि ज्ञान केन्द्र इनरूवा सुनसरीका प्रमुख सिंहले बताए । रासस
पाँच वर्षपछि सकियो खानेपानी आयोजना

घरघरमै पुगेर उच्च रक्तचाप र मधुमेह परीक्षण

दूधमा आत्मनिर्भर उन्मुख बन्दै मधेस प्रदेश

नेपाल-भारत सुरक्षा अधिकारीको बैठक : अपराध नियन्त्रणमा शून्य सहनशीलताको सहमति

मधेस प्रदेशका सांसद कुशवाहा निलम्बित

वीरगञ्जमा सवारी दुर्घटना, दुईको मृत्यु, एक घाइते

रौतहटमा लुटपाटमा संलग्न लुटेरा पक्राउ, भागेकाको खोजीकार्य जारी

प्रतिक्रिया