निर्देशक साजिद माथी हिराेइनकाे गम्भीर आरोप, भनिन, 'घरमा बोलाएर कपडा उतार्न लगाइयाे'

बलिउडका चर्चित निर्देशक साजिद खान बारम्बार विवादमा पर्ने गरेका छन् ।
हालै ‘इश्कबाज’ र ‘मिले जब हम तुम’ जस्ता शोमा देखिएकी अभिनेत्री नवीना बोलेले साजिदको बारेमा केही चकित पार्ने खुलासा गरेकी छन्।
अभिनेत्रीले साजिदलाई ‘फोहोरी मान्छे’ भनेकी छिन् र उनले फिल्म उद्योगका अन्य व्यक्तिहरूसँग मिलेर धेरै महिलाको अपमान गरेको बताइन् । नविन बोलेले हालै एक अन्तर्वार्तामा निर्देशक साजिद खानसँगको भएको निकै ‘फोहोर प्रस्ताव’ अनुभव साझा गरेकी छिन् । अभिनेत्रीले भनिन् कि साजिदले उनलाई आफ्नो घरमा बोलाएर भने, ‘ल अब लुगा खोल् ।’
उनले भनिन्, ‘उनी एकदमै डरलाग्दो मानिस हुन, जसलाई म मेरो जीवन भरी भेट्न चाहन्न, उसको नाम साजिद खान हो, उसले हामीलाई धेरै पीछा गरेको थियो र जब महिलाको अनादरको कुरा आयो तब उसको उदांगो चरित्र चरम सीमासम्म पुग्यो।’
निर्देशकसँगको आफ्नो भेट सम्झँदै नवीनाले भनिन्, ‘हे बेबीमा काम गर्दा मलाइ साजिद खानले फोन गरेका थिए, तिमीलाई थाहा छ जब उनीहरूले मलाई बोलाए त्यतिबेला म धेरै नै उत्साहित पनि थिएँ।’
‘तर जब म उनकोमा पुगे उसले मलाई भन्यो, ‘तिमी किन लुगा फुकालेर अन्डरगार्मेन्टमा बस्दैनौ, तिमी कत्तिको आरामदायी छौ कि छैनौं भनेर हेर्न चाहन्छु । मैले यो कुरा २००४ र २००६ मा भनिरहेको छु, जब म ‘ग्ले ड्रैग्स’ मा काम गरिरहेको थिए ।’
नवीनाले यो भेट साजिद खानको अफिसमा नभएर उनको घरमा भएकोसमेत बताइन् । यद्यपि यो राम्रो कुरा भयो कि कसैले उनलाई तल पर्खिरहेको थियो र निस्कन सहज भयो । अभिनेत्रीले अगाडी भनिन्, ‘मैले नमाने पछि उनले फेरी भने कि जब तिमी स्टेजमा बिकिनी लगाएर बस्छौ भने यहाँ बस्न त्यसमा के समस्या छ ।’
यसबारेमा साजिद खानले कुनै प्रतिक्रिया दिइसकेका छैनन् ।

जब साराले छाडिन् करोडौं कमाउने ‘वन्ली फ्यान्स’को अश्लिल जब

बाहुबलीः २ पुनः विश्वब्यापी रिलिज गरिँदै

‘होस्टेल ३’ले रञ्जना सिनेमा हलमा मनायो ५१ दिन, विशेष कार्यक्रममा कलाकार र टि…

भ्युज भएन नो टेन्सन, अब ४ अन्य तरिकाले युटयुबवाट कमाउनुहोस् पैसा

‘ऊनको स्वीटर साँझ पोखरा’मा हजारौँ दर्शकमाझ सुजन चापागाईँको प्रस्तुति, तीन नय…

‘महाभोज’को आमाहरूमा समर्पित भिडियो सार्वजनिक, दया र वसुन्धराको संवादमा कथाक…

तरहरा राष्ट्रिय कविताको प्रथम ताज अविनाश भट्टराईलाई: अधिकारकर्मी परियार देखि …

प्रतिक्रिया